बाजुरामा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

बाजुरामा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

बाजुरा : जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु भएको छ। ९ वटा स्थानीय तहबाट छनोट भएका विद्यालयबीच प्रतिस्पर्दा हुने जिल्ला खेलकुद विकास समितिले बताएको छ। ९वटा स्थानीय तहका १८ वटा विद्यालयले भाग लिएको आयोजकले जानकारी दिएको छ। 

'राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद' भन्ने मुल नाराका साथ सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले उद्घाटन गरेका हुन्। प्रतियोगितामा भलिबल, कवड्डी, मार्सल आर्ट र एथलेटिक्स तर्फका खेलबीच प्रतिष्पर्दा गराइने आयोजक जिल्ला खेलकुद विकास समिति बाजुराले जनाएको छ।खेल जिल्ला सदरमुकाम मार्तडीमा असार १८ गतेदेखि २० गतेसम्म संचालन हुनेछ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हिक्मतबहादुर थापाको अध्यक्षतामा सुरु भएको रनिङ्ग शिल्ड प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह प्रमुख अतिथि रहेका थिए भने त्यस्तै, प्रदेश सभा (क) सदस्य बलदेव रेग्मी विशिष्ठ अतिथि रहेका थिए।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, बडीमालिका नगरप्रमुख पदम बडुवाल, प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेलगायतको सहभागिता रहेको छ। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शाहले खेल क्षेत्रको विकासबाटै समाज परिवर्तन हुनसक्ने भएकाले सरकारले खेल क्षेत्रमा बढी लगानी गर्नुपर्ने आवश्यकता रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.