राहतको नाममा दुई पोका भुजा र चिउरा

राहतको नाममा दुई पोका भुजा र चिउरा

विराटनगर : प्रदेश १ को राजधानीका कतिपय स्थान अझै डुबानमा छन्। डुबानमा परेर विस्थापित भएकाहरूले अझै राहत पाएका छैनन्।

५ दिनदेखि बाढीले घर डुबानमा परेर सुरक्षित स्थानमा बसेका उनीहरूले हालसम्म दुई पोका भुजा मात्र राहत स्वरुप पाएको बताएका छन्। बाढीले घर डुबानमा परेकाहरूले हालसम्म दुई पोका चिउरा र भुजामात्र पाएको विराटनगर १२ बासिन्दाले बताए। सो स्थानमा अहिले पनि घर डुबानमै छन्। सडकमाथिबाट पनि पानी बगिरहेको छ।

दरैया थान चोकका गंगा राजवंशीले विगत दुई दिनदेखि भुजा र चिउरा मात्र राहत पाएको बताइन्।

अहिले पनि घरमा पानी बगिरहेकोकाले घर अगाडिको मन्दिर प्रांगणमा बसेको बताइन्। उनीसँगै दर्जनौँ महिला र पुरुष त्यहाँ बस्दै आएका छन्।

पानीले गर्दा घरमा बस्न नसकिने अवस्था रहेको बताउँदै शुझवार देविदले भनिन्–‘खाटमाथि घाट राखेर सामान त जोगाएँ, तर खानाके प्रबन्ध गर्न धेरै समस्या भएको छ।' राहतको नामा वडा समितिले दुई दिनदेखि भुजा र चिउरा एक एक पोका मात्र दिएका उनले बताइन्।

महानगरपालिकाले बाढीबाट विस्थापित भएर अधारभूत विद्यालयमा बसेकाहरूलाई खानाको व्यवस्था गरे पनि घरमा पानी पसेर बाहिर रहेकालाई कुनै राहत नदिएको स्थानीयहरूले बताए। स्थानीय रीता राजवंशीले घरमा समानको रेखदेख गर्न मन्दिरमा बसेको तर कसैले खाने कुरा समेत नदिएको बताइन्। 'वर्षायाममा बालबच्चाको लागि मजदुरी गरेर जोहो गरेका अन्न र खाद्यान्य जोगाउन बाहिर नगएकाले राहत नपाएको हो कि ?' उनले प्रश्न गरिन्।

ममता राजवंशी बच्चा विरामी भएकाले झन् पीडित छन्। बाढीकै कारण श्रीमानको काम बन्द भएको छ।  ‘बच्चा बिरामी छ। खर्च जोहो पनि भएको छैन', उनले सुनाइन्। महानगरपालिकाले बाढीपीडितका लागि स्वास्थ्य परीक्षण गर्न चिकित्सक टोली खटाएको छ तर त्यो पनि स्कुलमा मात्र पुगेको छ।

चौतर्फी पानीले घेरिएर घरमा बसेका शोभाकान्त रायको परिवार पनि हालसम्म राहतबाट वञ्चित छ। उनको घरवरपरबाट अझै ४ फिट पानी बग्दै छ। राहत पनि पहुँच र चिनेका अधारमा मात्र पाइने गरेको उनको भनाई छ।

पानी जमेका कारण लामखुट्टेको प्रकोप बढेको छ। उनले सबैलाई झुल र टोलटोलमा स्वास्थ्य परीक्षण गर्न माग गरे।

महानगरपालिकाका मेयर भीम पराजुलीले बाढीबाट विस्थापित र पीडितलाई तत्काल राहत दिन सवै वडा अध्यक्षहरूलाई जिम्मेवारी दिएको बताए।

बाढीले महानगरमा करिब १ हजारजना विस्थापित भएका छन्। मोरङमा बाढी र डुबानका कारण ६ हजार ५३५ मानिस विस्थापित भएका छन्। एक हजार ५१६ परिवारका ती विस्थापितलाई सुरक्षित स्थानमा राखिएको जिल्ला विपद व्यवस्थापन समिति मोरङका सम्पर्क व्यक्ति अभयकुमार गुप्ताले जानकारी दिए।  

विस्थापितहरू स्कुल, मठ मन्दिरमा आश्रय लिइरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.