दुई लाख घुससहित कम्युटर अपरेटर पक्राउ
काठमाडौं : डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सलटेन्सीका सुमित शाही पौने दुई लाख घूससहित पक्राउ परेका छन्।
उनीहरुले सडक स्तरोन्नति सम्बन्धी योजनाको भुक्तानी गरिदिए बापत विभिन्न बहानामा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा डिभिजन सडक कार्यालय, दमौली कार्यालय परिसरबाटै अख्तिायरले पक्राउ गरेको हो ।
उनीहरुलाई रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !