पेट्रोलियम पाइपलाइनको उद्घाटन ओली र मोदीले गर्ने

पेट्रोलियम पाइपलाइनको उद्घाटन ओली र मोदीले गर्ने

सिमरा : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र नेपालका लागि भारतीय राजदूत मञ्जित सिंह पुरीसहितको टोलीले हालै परीक्षण सम्पन्न नेपाल–भारत पेट्रोलियम पाइपलाइनको मंगलबार निरीक्षण गरेका छन्।

बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको क्षेत्रीय डिपो पुगेर मन्त्री र राजदूतको टोलीले पाइपलाइनको स्थलगत निरीक्षण गरेको हो। टोलीमा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसहित मन्त्रालयका कर्मचारी सहभागी थिए।

मोतिहारी–अमलेखगञ्ज पाइपलाइन बिस्तार सम्पन्न भएसँगै गत शुक्रवार यसको परीक्षण गरिएको थियो। परीक्षण सफल भएपछि तयारी निरीक्षणका लागि नेपालका मन्त्री र भारत सरकारको प्रतिनिधित्व गर्दै राजदूत पुरी अमलेखगञ्ज आएका हुन्। दुबै जनाले पाइपलाइनको विषयमा डिपो प्रमुख प्रदीप यादवसहित नेपाल र भारतका प्राविधिकसँग छलफल गरेका थिए।

'दुई देशका प्रमबाट उद्‍घाटन'

निरीक्षणपछि मन्त्री यादवले दुबै देशको प्राथमिकतामा रहेको आयोजना सम्पन्न भएसँगै यसको औपचारिक उद्घाटनको तयारी भइरहेको बताए। मन्त्री यादवले यसको उद्घाटन नेपालका प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गर्ने जानकारी दिए। 'अब यसको उद्घाटनको तयारीमा हामी जुटेका छौँ, त्यसैको सिलसिलामा यहाँ आएका हौँ’, मन्त्री यादवले भने, 'दुबै देशको प्रधानमन्त्रीले उद्घाटन गर्नुहुनेछ। त्यसबारे छिट्टै निर्णय हुन्छ।’

निरीक्षणमा आएका भारतीय राजदूत पुरीले पाइपलाइन आयोजनाले दुबै देशको सम्बन्धलाई सुमधुर बनाउनुका साथै यसले दुबै देशलाई फाइदा पुग्ने बताए। ढुवानीका क्रममा हुने समस्या अब नहुने भन्दै रातदूत पुरीले नेपालको समृद्धिमा पनि आयोजनाले ठूलो सघाउ पुग्ने बताए। नेपालको समृद्धिसँगै आयोजनाले दुई देशबीचको सम्बन्ध अझ मजबुद बनाउन भूमिका खेल्नेछ', पुरीले भने।

सन् २००४ मा सम्झौता भएपनि २०१८ बाट निर्माण थालिएको यो आयोजना १६ महिनामा सम्पन्न भएको हो। सन् २०२० मार्चमा सम्पन्न गर्ने लक्ष्य राखिएपनि ८ महिनाअघि गत शुक्रबार यसको परीक्षण गरिएको हो। कुल ६९.७ किलोमिटर लम्बाई रहेको मोतियारी–अमलेखगञ्ज पाइपलाइन आयोजना विस्तारमा भारत सरकारले तीन अर्ब २४ करोड भारतीय रुपैयाँ खर्चिएको छ। मोतियारीबाट रक्सौलसम्म ३३.७ र रक्सौलदेखी अमलेखगञ्जसम्म ३६.२ किलोमिटर दुरी छ।

आयोजना सुरुवातमा कुल लागतको ७० प्रतिशत भारतले र ३० प्रतिशत नेपालले ब्यहोर्ने भनिएपनि पछिल्लो समय सबै रकम भारत सरकारले लगाएको हो। सुरुवातमा आयोजनाको कुल लागत रकम २७५ करोड भारतीय रुपैयाँ रहेपनि बाराको जीतपुर, परवानीपुर र पर्साको रजत जयन्ती चोकमा घरटहरा भत्काउन नसकेपछि अत्याधुनिक मेसिन प्रयोग गरी जमिनमुनि गहिरो खाडल बनाई पाइप विस्तार गर्ने क्रममा ४९ करोड रकम थप लागेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.