थुनुवा फरार भएपछि बाराका दुई प्रहरी निलम्बित

थुनुवा फरार भएपछि बाराका दुई प्रहरी निलम्बित

सिमरा : प्रदेश २ का सभामुख सरोज यादवको पकेटबाट रकम चोरी गरी भाग्ने क्रममा पक्राउ परी थुनामा रहेका एक युवक प्रहरी हिरासतबाटै फरार भएपछि बाराका दुई प्रहरी निलम्बनमा परेका छन्। 

प्रहरी लापरवाहीका कारण हिरासतमा रहेका व्यक्ति फरार भएको भन्दै जिल्ला प्रहरी कार्यालय बाराले सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरीलाई निलम्बन गरेको हो। 

निलम्बित हुनेमा प्रहरी हबल्दार शशिकान्त चौधरी र प्रहरी जवान अशोक साह रहेका छन्। उनीहरुलाई निलम्बन गरी घटनाको अनुसन्धान थालिएको बाराका प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए। 

गत शुक्रबार (साउन ३ गते) सभामुख यादव सिम्रौनगढस्थित हाट बजार गएका बेला भारत मोतीहारी जिल्ला लिपनी ४ बेलवाका १९ वर्षीय फिरोज मियाले पकेटबाट ५० हजार रकम चोरी गरी भाग्ने क्रममा पक्राउ परेका थिए।

स्थानीयको सहयोगमा पक्राउ गरिएका मियालाई इप्रका सिम्रौनगढले नियन्त्रणमा लिइ कारबाही प्रक्रिया थालेको थियो। चोरी मुद्धामा कारबाही चलाइएका मिया थुनुवा कोठाबाट खाना खुवाउन बाहिर निकाल्ने क्रममा पर्खाल नाघेर फरार भएका हुन्। फरार भएका मियाको खोजी भइरहेको प्रवक्ता राठौरले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.