ठक्करबाट आँबुमा वृद्धको मृत्यु
दमौली : आँबुखैरेनी ३ स्थित पृथ्वी राजमार्गमा एक सवारीको ठक्करबाट वृद्धको मृत्यु भएको छ। बिहान सवा पाँच बजे डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको सवारी साधनको ठक्करबाट आँबुखैरेनी गाउँपालिका २ निवासी ७९ वर्षीय खड्गबहादुर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि बिहान पौने ११ बजेतिर स्थानीयले सडक अवरुद्ध पारेका थिए। तर पछि आफन्तसँग प्रहरीले सवारी पक्रने सहमति गरेपछि बाटो सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए।