नक्कली औषधिको बिगबिगी

नक्कली औषधिको बिगबिगी

 विराटनगर : प्रदेश १ का तराईका जिल्लामा मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने नक्कली औषधि बिक्री गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। झापा, सुनसरी र मोरङको विराटनगरमा नक्कली औषधि कारोबार गर्ने गिरोह सक्रिय रहेको पाइएको हो। औषधि व्यवस्था विभागले गत आर्थिक वर्षमा १५ जनालाई दर्ता नभएका औषधि आयात गरेको र नक्कली औषधि बिक्री वितरण गरेको आरोपमा मुद्दा दायर गरेको छ।

विभागले उनीहरूलाई औषधि ऐन २०३५ अनुसार कारवाही गर्न जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। सुनसरी धरान–४ का जीवन अग्रवाल, विराटनगर महानगरपालिका–१ स्थित म्याक्स फार्मेसीका सञ्चालक दीपककुमार राय र सप्तरी घर भई विराटनगरमा महुली फार्मेसी सञ्चालन गर्ने प्रशान्तकुमार चौधरी, दादरबैरियाका पाण्डव राजवंशी, जिगारी फार्मेसीका नौसाद आलमलाई नक्कली औषधि बिक्री वितरण गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीले गत वर्ष साउन १३ गते मध्यराति विराटनगरका मुख्य अस्पतालका परिसरमा सञ्चालित फार्मेसीहरूमा छापा मारेर नक्कली औषधि बिक्री वितरण गरेकोमा उनीहरूलाई नियन्त्रणमा लिएको थियो। सूचनाका आधारमा विराटनगरका न्युरो, म्याक्स, विराट नर्सिङ होम र विराट मेडिकल कलेजभित्र सञ्चालित फार्मेसीले जीवन रक्षाका महँगा औषधिको नक्कली लेबल र स्टिकर टाँसेर बिक्री गरेको फेला परेको थियो। त्यसपछि विभागले अनुसन्धान गरी जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो।

झापाको बाह्रदशी गाउँपालिका–४ का इतियाज आलम, सोही स्थानका सम्दान हुसेन, ताहिर आलम र काठमाडौं बौद्धका फुन्चोशक शेर्पालाई बिनादर्ता औषधि ओसारपसार, निकासी पैठारी र सञ्चय गरेको अभियोगमा मुद्दा चलाएको छ। झापाको बिर्तामोड नगरपालिकाका राजेन्द्र पन्धाक र हल्दीबारी गाउँपालिका–४ का बितबहादुर रायमाथि जिल्ला अदालत झापामा मुद्दा दर्ता गरेको विभागले जनाएको छ।

बिनादर्ता युनानी (होम्योप्याथिक) औषधि ओसारपसार र बेचेको अभियोगमा सुनसरीको कोसी गाउँपालिका–४ का मोहम्मद जालिम मियाँ र मोहम्मद हुसेन मन्सुरीमाथि पनि जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता गरेको छ। मोरङको सुन्दरहरैंचा–४ का मोहम्मद मुस्तफा र मोहम्मद अकबरविरूद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेको औषधि व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख दिपेन्द्र खड्गाले जानकारी दिए।

विभागले अनुसन्धान गरेर औषधि ऐन २०३५ अनुसार थप कारवाहीका लागि मुद्दा दायर गरिएको उनले बताए। प्रहरीले नक्कली लेबल र स्टिकरसहित ३ हजार ४४ पिस औषधि नियन्त्रणमा लिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.