ब्लड बैंक स्थापना गर्न लागिपरे महिला

ब्लड बैंक स्थापना गर्न लागिपरे महिला

खाँदबारी : संखुवासभा जिल्लामा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा बिरामीको उपचारमा कठिनाइ हुने गरेको छ। नेपाल रेडक्रस सोसाइटीले ०५३ सालमा आकस्मिक रक्त सञ्चार सेवा स्थापना गरे पनि यसले ब्लड ग्रुप छुट्याउने र रक्तदाता खोज्ने काम मात्र गरिरहेको छ।

ब्लड बैंक स्थापना गर्न सिर्जनशील सामुदायिक विकास केन्द्रले रकम संकलन अभियान सुरु गरेको छ। गत मंसिर २ गते मनकामना धाममा लागेको एकादशी मेलाबाट महिला समूहले अर्थ संकलन थालेका हुन्। मेलामा केन्द्रले चिया बिक्री गरी साढे २९ हजार रुपैयाँ रकम संकलन गरेको थियो। त्यो अभियानले यतिन्जेल ५ लाख १५ हजार रुपैयाँ संकलन गरेको केन्द्रकी सचिव बबिता कटुवालले जानकारी दिइन्।

सिकिस्त र जटिल प्रकृतिका बिरामीको उपचार तत्कालै गर्नैपर्ने भए पनि रगत चाहिए नपाइने भएकाले अन्यत्र लैजानुपर्ने हुँदा केन्द्र ब्लड बैंक स्थापनामा जुटेको सचिव कटुवालले बताइन्। उनी भन्छिन्, ‘गर्भवतीका लागि तत्काल रगत चाहिए रगत नपाइँदा ज्यान जाने जोखिम रहेकाले पनि सबै महिला सक्रिय भएर ब्लड बैंक स्थापना अभियानमा अघि बढेका हौं।’

बिरामीका आफन्तले रगत खोजेर ल्याएपछि मात्र अस्पतालले जटिल उपचार गर्ने भएकाले बिरामीको ज्यान जोगाउन महिला नै अघि बढेको उनको भनाइ छ। अहिले सुरक्षाकर्मीले रगत दिने गरेका छन्। सिकिस्त बिरामी आउनासाथ रगत चाहिए सुरक्षाकर्मीको सहयोग लिनुपर्ने बाध्यता छ।

संस्थाले सामाजिक सञ्जालमार्फत् पनि सहयोगका लागि अपिल गरेको छ। अप्रेसन गरिएका गर्भवती, दुर्घटनामा सिकिस्त घाइते, रक्तअल्पता लगायतका बिरामी रगत अभावमा जोखिममा पर्दैे आएका छन्। जिल्ला अस्पतालमा बिरामीले तत्काल रगत नपाउने र समूह नमिल्नाले उपचारमा समस्या हुने गरेको छ। कतिपयको तत्कालै शल्यक्रिया गर्नुपर्ने भए पनि रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने भएकाले ब्लड बैंक स्थापनामा लागि परेको रेडक्रस सोसाइटी संखुवासभा शाखाका अध्यक्ष सरोजकुमार बज्राचार्यले बताए।

बिरामीको जटिल उपचारमा रगत अनिवार्य चाहिने भएकाले रक्त सञ्चार भवन र आधुनिक उपकरणका लागि शाखाले केन्द्रीय कार्यालयमा अनुरोधसमेत गरेको अध्यक्ष बज्राचार्यले जानकारी दिए।

आधुनिक उपकरण र ब्लड बैंक नभएपछि ब्लड संकलन गरेर राख्न नसकेको अध्याक्ष बज्राचार्यले बताए। रेडक्रसले रक्त सञ्चार सेवा स्थापना गरी २४ सै घण्टा एकजना ल्याब असिस्टेन्ट राखि आकस्मिक सेवा दिइरहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.