फेसएप प्रयोगकर्ता सावधान
संसारभर अहिले फेसएपको बहार छाएको छ। यस एपको सहायताले मानिसले बूढौलीको सम्भावित अनुहार हेरिरहेका छन्। सामाजिक सञ्जालमा फेसएपबाट निर्मित तस्बिर भाइरल भइरहेको छ। यस एपले कुनै पनि व्यक्तिको तस्वीर कृत्रिम तरिकाले बुढौली उमेरको तस्बिरमा बदल्ने गरेको छ। तर, आफ्नो बूढो रूपले मानिसलाई क्षणिक रोमान्चकता प्रदान गरे पनि खतरा पनि उत्तिकै छ। यो रुसको एप हो। एपलाई फोटो परिवर्तन गर्न अनुमति दिँदा यो तपाइँको कम्प्युटरको सर्भरसँग पुग्छ।
फेसएपले प्रयोगकर्ताको तस्बिर छानेर अपलोड गर्छ। कृत्रिम इन्टिलिजेन्सीको माध्यमबाट तस्बिरलाई परिवर्तन गरिन्छ। यसमा सर्भरको प्रयोग हुन्छ र एपको माध्यमबाट फोटो खिच्नुपर्ने हुन्छ। प्रयोगकर्ता एपलाई केबल एउटा फोटो मात्र नदिएर आफ्नो सम्पूर्ण डाटा दिइरहेका हुन्छन्। तपाइँलाई आफ्नो तस्बिर तत्कालीन समयमा निजी प्रयोजनका लागि प्रयोग भएको लाग्न सक्छ। तर, यसको प्रयोग सार्वजनिक उद्देश्यमा पनि हुनसक्छ। यो एपले तपाइँको फोन वा कम्प्युटरबाट सूचना हासिल लिएर उक्त सूचनाको विज्ञापनमा पनि प्रयोग गर्न सकिन्छ। फेसएपले तपाइँको आनीबानी बुझेर विज्ञापनको प्रयोग गर्छ। यसलाई मार्केटिङको हतियारको रूपमा पनि हेरिएको छ।
यस एपको प्रयोग गर्दा फोनमा भएका गोप्य तस्बिर तथा भिडियोमा यसको पहुँच पुगेको हुनसक्छ। केही मानिसले एप प्रयोग गरेका कारण उनीहरूको फोनमा सेभ भएका तस्बिर इन्टरनेटमा पोस्ट भएका छन्। आईओएस र आईफोनमा कुन तस्वीर एपलाई दिन चाहनु हुन्छ भन्ने बिकल्प दिएको हुन्छ। फेसएपलाई लिएर अमेरिकी सिनेटमा पनि चिन्ता व्यक्त गरिएको छ। सिनेटर चक सुमरले फेसएपको जाँच गर्नुपर्ने माग गरेका छन्। उनले ट्विटरमा पोस्ट गरेको पत्रमा लेखेका छन्, ‘यो धेरै नै चिन्ताजनक छ। अमेरिकी नागरिकको निजी डाटा विदेशी शक्तिले प्राप्त गरिरहेको छ।’ तर फेसएपले आफू माथि लाग्दै आएको आरोप खण्डन गर्दै आएको छ। यो एप पिटर्सबर्गस्थित कम्पनी वायरलेस ल्याबको हो। यस कम्पनीका अनुसार मानिसको तस्बिर स्थायी रूपमा स्टोर गरिँदैन। साथै मानिसको गोप्य जानकारीमाथि छेडखानी गरिएको छैन। प्रयोगकर्ताले जुन तस्बिर छानेका हुन्छन् त्यसलाई मात्र एडिटिङ गरेको कम्पनीको दाबी छ।
सुमरले यस एपको जाँच एफबीआई र फेडरल ट्रेड कमिसनबाट गर्नुपर्ने माग राखेका छन्। सुमरले पत्रमा लेखेका छन्, ‘म अमेरिकी नागरिकको निजी डाटाको सुरक्षा र त्यसमा भएको छेडखानीको शंकाले चिन्तित छु। धेरै मानिस यसमा खतरा छ भनेर अन्जान छन्।’
सन् २०१७ मा फेसएप धेरै विवादमा आएको थियो। उस समय यस एपमा मानिसको रङ एडिट गर्ने सुविधा थियो। उक्त फिचरको चौतर्फी आलोचना भएको थियो। कम्पनीले यसप्रति माफी माग्दै उक्त फिचर हटाएको थियो।