प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.२९ अंकले बढ्यो
काठमाडौं : साताको चौथो सेयर कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३.२९ अंकले बढेर २६८७.१६ विन्दुमा पुगेको हो।
यो समयमा ६८ स्क्रिप्सको २६ हजार ७२० कित्ता सेयर १ करोड ६१ लाख ५९ हजार ७३८ रुपैयाँमा खरिदबिक्री भए।
प्रि ओपन सेसनमा कारोबारमा आएकामध्ये ३४ स्टक्सको मूल्य बढ्दा २६ वटाको घट्यो। यो समयमा ७ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !