ट्रम्पको चेतावनीपछि हमासले दियो यस्तो प्रतिक्रिया

ट्रम्पको चेतावनीपछि हमासले दियो यस्तो प्रतिक्रिया

काठमाडौं : हमासले इजरायलसँग युद्ध विराम गर्ने सम्झौता भए पनि दुवै पक्षको सम्मान हुन नसकेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि हमासका प्रवक्ता सामी अबु जुहरीले दुवै पक्षको सम्मान हुन नसकेको बताएका हुन्। उनले इजरायली बन्धकलाई रिहाइ गरिए पनि सो पक्षले सम्झौता उल्लंघन गरेको आरोप लगाएका हुन्।

उनले ट्रम्पको धम्कीको कुनै महत्त्व नरहेको बताए। 'धम्कीको भाषाको कुनै महत्त्व हुँदैन। धम्कीले समाधान भन्दा पनि समस्या निम्त्याउने गर्छ,' रोयटर्ससँग उनले भनेका छन्।

ट्रम्पले हमासले बन्धक बनाएका इजरायलीहरूको रिहाइ नगरिए युद्ध सुरू गर्ने चेतावी दिएका थिए। उनले शनिबार १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा नगरे युद्धविरामको सम्झौता पनि रद्द गर्ने बताएका थिए। ट्रम्पले सबै बन्धकहरूलाई एकैपटकमा रिहा गरिनुपर्ने सर्त राखेका छन्। 

यसअघि हमासले इजरायली बन्धकहरूको रिहाइ रोक्ने जनाएको थियो। हमासले इजरायलमाथि युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ। इसरायलले युद्धविराम सम्झौताको उल्लंघन गरेकाले रिहाइ रोक्नुपरेको हमासले जनाएको छ।

गत जनवरी १९ मा हमास र इजरायलबीच युद्धविराम सम्झौता लागू भएको थियो। यसबीचमा हमासले १६ इजरायली र ५ थाइ बन्धकलाई रिहा गरेको थियो भने इसरायलले ५६६ प्यालेस्टिनी कैदीलाई रिहा गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.