चेपाङ संघको केन्द्रीय कार्यालयमा तालाबन्दी

चेपाङ संघको केन्द्रीय कार्यालयमा तालाबन्दी

चितवन : चितवनका चेपाङ अगुवाले नेपाल चेपाङ संघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन्। चेपाङ अधिकारको लागी खोलिएको संस्थाले समुदायको हितविपरित काम गरेको भन्दै कालिका नगरपालिकाका चेपाङले तालाबन्दी गरेका हुन्। संघले मनोमानी ढंगबाट संघ चलाएको उनीहरुको आरोप छ। चेपाङ संघले स्थानिय तहमा समिति गठन गरिरहेको छ। कालिका नगरपालिकामा सिमित व्यक्ति जम्मा गरी गोप्य रुपमा समिति गठन गरेकाले तालाबन्दी गर्नु परेको चेपाङ अगुवा महेन्द्र चेपाङले बताए। ‘अधिकारका लागी लड्ने समिति चाहिएको हो’, उनले भने, ‘संघको अधिवेशन समेत थाहै नपाई आयोजना हुन्छ भने समुदायको हितका लागि काम गर्छ भनेर के आस गर्नु ? ’

रत्ननगर नगरपालिका-७ स्थित कपोरखोरीमा चेपाङ संघको केन्द्रीय कार्यालय छ। संघको कार्यालयमा चेपाङ गतिविधि केही नभएको केन्द्रीय सदस्य रामजीमाया चेपाङले बताइन्। संघको कार्यक्रम पारदर्शी नभएको भन्दै आफुले विरोध गरेको बताइन्। ‘आफ्नै भवनमा कार्यालय र हल हुँदाहुँदै होटलमा बैठक गरेपछि हामीले बहिस्कार गरेका हौं’, उनले भनिन्, ‘जति भने पनि हाम्रो सुनुवाई भएको छैन।’

संघले गरेका काम सार्वजनिक नगरिएको र आफुहरु नै बेखबर भएको रामजीमायाको गुनासो छ। आइतबार कालिका नगरपाकिलाका चेपाङ गाडी रिजर्भ गरी कार्यालय पुगेका थिए। एकलौटी ढंगले संस्था सञ्चालन गरेको भन्दै संघको गतिविधि सबैले थाहा पाउनुपर्ने संघका पूर्वअध्यक्ष गोबिन्द चेपाङले बताए। ‘अधिवेशन भयो भन्ने सुनियो तर यहाँ चेपाङको अगुवा नै बेखबर छन्’, उनले भने, ‘जति समिति चाहियो त्यती बोलाउँछन यसरी कसरी काम हुन्छ ? ’

चेपाङ संघका जिल्ला अध्यक्ष लक्ष्मण चेपाङले समितिमा नअटेकाले विरोध गरेको दावी गरे। संघीय संचरनाअनुसार समिति गठन गरिएको भन्दै उनले सबै प्रक्रिया पुरा गरेर समिति गठन भएको बताए। संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङले भने यसबारे आफुलाई जानकारी नभएको बताए। जिल्लामा भरतपुर महानगरसहित पाँच नगरपालिका र एक गाउँपालिकामा चेपाङ संघ गठन गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.