ट्रकको ठक्‍करबाट बालकको मृत्यु

ट्रकको ठक्‍करबाट बालकको मृत्यु

संखुवासभा : संखुवासभाको धर्मदेवी नगरपालिमा सुनसरीबाट खाँदबारी आउँदै गरेको मालबाहक ट्रकको ठक्‍करबाट एक बालकको मृत्यु भएको छ। ट्रकको ठक्‍करबाट धर्मदेवी नगरपालिका-३ मुढेबजारका ४ वर्षीय आदित्य अधिकारीको घटनास्थलमै मृत्यु भएको मुढे प्रहरी चौकीले जनाएको छ। 

खाँदबारी आउँदै गरको ना ४ ख २९०० नम्बरको ट्रकले ठक्‍कर दिँदा बालकको घटनास्थलमै मृत्यु हो। आमासँग बजार नजिकै रहेको शिवालय मन्दिरबाट पूजा गरेर फर्कने क्रममा दुर्घटना भएको हो। दुर्घटना पछि चालक धर्मदेवी-३ का प्रेम मगर आफै गाडी लिएर मुढे प्रहरी चौकी पुगेका छन्।

इलाका प्रहरी कार्यालय चैनपुरको प्रहरी टोल पुगेपछि मात्र शव पोष्टमार्टका लागि लगिने प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.