छानेर लिन पाइन्छ

छानेर लिन पाइन्छ

चितवन : कपडाको बैंक त्यो पनि पैसा नभएकाका लागि। झट्ट सुन्दा अचम्म लाग्छ। पूर्वी चितवनको सौराहा चोकमा राखिएको बैंकमा साँझपख कपडा लिनेको भीड लाग्छ। दिउँसो कपडा खोजेर झुण्डाइन्छ। आफूलाई मिल्ने र मन परेको कपडा छानेर लैजान पाइन्छ। आर्थिक अभावले नयाँ लुगा किन्न नसक्ने कपडा बैंकमा पुगेर आवश्यक परेको कपडा लैजाने गर्छन्। पूर्र्वी चितवनमा युवाको सक्रियतामा सौराहा चोकमा ठेलामा कपडा बैंक राखिएको हो। लगाउन मिल्ने कपडालाई धोएर सफा बनाएपछि यहाँ राखिन्छ। कपडा किन्न नसक्नेका लागी यो बैंक उपयोगी बन्दै गएको छ।

पिठुवाका नेत्र गुरुङलाई पुराना लुगा खोज्ने चटारो हुन्छ। लगाउन मिल्ने सफा कपडा खोज्नु उनको दैनिकी जस्तै हो। आर्थिक अभावले नयाँ लुगा किन्न नसक्नेका लागी लुगाको ब्यवस्थाको अभियान सुरु गरेको अभियानका संयोजक गुरुङले बताए। ‘पैसा नभएकै कारण कपडा किन्न नसक्ने देखेपछि हामीले अभियान सुरु गरेका हौ’, उनले भने, ‘अहिले हामीले पुरानै भए पनि सफा लगाउन मिल्ने लुगा राखेका छौं, यसपछि बिक्री नभएको लुगाका लागी फेन्सी ब्यवसायीसँग सम्पर्क गरेका छौ।’

पुरानो लगाउन मिल्ने लुगा भएकाले बैंकमा पुर्‍याउँछन्। युवाले टोली नै बनाएर अभियान सञ्चालन गरेका छन्। पुराना भएर पनि लगाउन मिल्ने तर आफूले लगाउन छाडेको कपडा निःशुल्क उपलब्ध गराउने उद्देश्यले ‘सामाजिक जागरण युवा संस्था’ मार्फत युवाले कपडा बैंक सुरू गरेका हुन्। ‘केही समय लगाएर लगाउन मन नलागेका कपडा छन् भने यहाँ राख्न सकिन्छ’, संस्थाकी संयोजक रिजा जोशीले भनिन्, ‘कपडा बैंकबाट आवश्यक परेका जो–कसैले पनि आफूलाई मन परेको कपडा रोजेर लैजान्छन्।’

दैनिक १० जोर भन्दा बढी कपडा बैंकबाट लैजाने गरेका छन्। ‘बिहान खोजेर राखेको लुगा साँझ सकिन्छ। एक जनाले बढीमा दुई जोर मात्रै लैजान पाउने ब्यवस्था गरेका छौं’, संयोजक जोशीले भनिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.