सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ। सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३:३० बजेको समयमा त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ।
बसमा कति यात्रु थिए भन्ने यकीन हुन सकेको छैन। अहिलेसम्म १० जनाको उद्धार गरिएको घटनास्थलमा रहेका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए। नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन्। अफ्ठ्यारो ठाउँ र अध्याँरो भएका कारण उद्धारमा कठिनाई भएको प्रहरीले जानकारी दिए। बसको आधा भाग पानीमा डुबेको छ । थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस !
