सरकारले आशा जगाउने कुनै काम गरेन : राजेन्द्र लिङ्देन

सरकारले आशा जगाउने कुनै काम गरेन : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला पार्टी मिलेर बनेको सरकारले आशा जगाउने कुनै काम नगरेको बताएका छन्। राप्रपा लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेका बृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मुलुकलाई स्थायित्व दिनका लागि भन्दै ठूला दल मिलेर बनेको सरकारको ७ महिनामा जनतामा आशा जगाउने कुनै काम गर्न नसकेको बताए।

उनले यसअघिदेखि गर्दै आएको भ्रष्टाचारलाई संस्थागत र संरक्षण गर्ने तथा पहिले गरेको भ्रष्टाचारका कारण कारबाहीमा परिन्छ कि भन्दै आवश्यक कानुन बनाएर जोगिनका लागि वर्तमान गठबन्धन बनेको आरोप लगाए। उनले सरकार बन्ने वितिकै ल्याएको भ्रष्टाचार निवारण ऐनमा पाँच वर्षभित्र उजुरी दिइसक्नुपर्ने व्यवस्थाले पनि अगाडिको भ्रष्टाचारलाई संरक्षण गर्ने व्यवस्था गर्न खाजेको तर्क गरे।

अध्यादेशबाट देश चलाउन खोज्ने प्रयास असफल हुन थालेपछि सत्तारुढ दलहरू सांसद किनेर अध्यादेश पास गराउने खेलमा रहेको उनले बताए। उनले अब अहिलेको व्यवस्था कुनै हालतमा काम नलाग्ने बताए। उनले वर्तमान संघीयता असफल रहेको भन्दै प्रदेश व्यवस्था खारेज गर्नुपर्ने, संसदलाई पुनः समानुपातिक बनाउने, तथा निर्वाचित प्रधानमन्त्रीलाई दुई कार्यकालसम्म सीमित गर्नुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.