इनारमा खसेर महिलाको मृत्यु

इनारमा खसेर महिलाको मृत्यु

चितवन : इनारमा खसेर भरतपुरमा एक महिलाको मृत्यु भएको छ। इनारको ढकनीमा चढेर कपडा सुकाउने क्रममा ढकनी भाँचिएर खस्दा नवलपुरस्थित गैडाकोटकी ४० वर्षीया इन्द्रकला भुसालको मृत्यु भएको हो।

भरतपुर महानगरपालिका- ९ आदर्शचोकमा माइत आएकी भुसाल बिहान साढे ६ बजे कपडा सुकाउन डोरी तान्ने क्रममा इनारमा खसेकी हुन्।

इनारबाट उनलाई घाइते अवस्थामा प्रहरीले उद्धार गरी निकालेको थियो। उपचारको क्रममा भरतपुर अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.