हात्ती दिवसमा पिकनिक (फोटोफिचर)

हात्ती दिवसमा पिकनिक (फोटोफिचर)

चितवन : पर्यटकीय क्षेत्र सौराहामा हात्ती दिवस मनाइएको छ।हात्तीलाई मनपर्ने खाना दिएर संरक्षणकर्मी र व्यवसायीले दिवस मनाए। प्राकृतिक तथा सांस्कृतिक रूपले महत्व दिइने हात्तीको अस्थित्व संकटमा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

अन्र्तराष्ट्रिय हात्ती दिवस मनाइरहँदा संरक्षणकर्मीले हात्तीको संरक्षणमा चासो देखाएका छन्। अगस्ट १२ मा अन्र्तराष्ट्रिय हात्ती दिवस मनाउने गरिन्छ। सोमबार हात्ती संरक्षणका लागि विश्वभर सचेतनामूलक कार्यक्रम गरियो।हात्ती सफारीले ख्याति पाएको सौराहामा हात्तीलाई वनभोज खुवाएर दिवस मनाइएको हो।

बासस्थानकै कारण हात्तीको संरक्षणमा चुनौती देखिएको छ। खुम्चिँदै गएको वन क्षेत्रका वासस्थान, वनविनाश, खानेकुरा र पानी अभावले हात्ती संकटमा छ।चोरी शिकारी र मानवसंगको द्वन्द्व अर्को कारण हो।

अन्य वन्यजन्तुको तुलनामा हात्तीको संरक्षणका लागी खासै कार्यक्रम संचालन भएको पाइदैन। बाघ, गैंडालगायत अन्य धेरै प्रजातिबारे अध्ययन-अनुसन्धान धेरै हुने गरेको छ। उत्तिकै खतरामा परेको हात्तीको अध्ययन-अनुसन्धान र संरक्षणका लागि छुट्टै कार्यक्रम लक्षित छैन। हात्तीको अन्य कार्यक्रमसँग जोडेर गरिए पनि संरक्षणका लागि छुट्टै कार्यक्रम लागू गरिएको छैन। 

पश्चिम बंगालदेखि हात्ती चितवन राष्ट्रिय निकुञ्जसम्म आउँछ। नेपालमा २ सय २५ को हाराहारीमा जंगली हात्ती र त्यती नै संख्यामा घरपालुवा हात्ती छन्। नेपालमा तराई र चुरे जोडिएको २४ जिल्लामध्येका २३ जिल्लामा हात्ती पाइन्छन्। चुरेको झापादेखि हिँडेर हात्ती त्रिवेणीसम्म आइपुग्छ।

झापामा नियमित १२ वटा सम्म हात्तीको बसोवास छ। कोसीदेखि सर्लाहीमा १९, चितवन पर्सा कम्प्लेक्समा ६५ वटा हात्ती छन्। विभिन्न राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष वामध्यवर्ती क्षेत्रमा गस्ती,अध्ययन, अनुसन्धान तथा पर्यटकलाई घुमाउने काममा घर पालुवा हात्तीको प्रयोग हुने गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.