भारत लैजान लागिएका ३ युवतीको उद्धार

भारत लैजान लागिएका ३ युवतीको उद्धार

वीरगन्ज : भारतसंग सीमा जोडिएको पर्साको ठोरी नाकाबाट सोमबार प्रहरीले ३ जना नेपाली युवतीको उद्दार गरेको छ । उद्दार गरिएका तीनै युवती तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर ४ का रहेका छन् । उद्धार गरिएका मध्ये दुईजना  २२ वर्षका र एक जना  २५ वर्षकी युवती रहेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए।

चितवन भरतपुरको चौबीसकोठीबाट ठोरीका लागि छुटेको ना ५ ख २४५० नम्वरको कोइराला ट्राभल्स बसमा चढेर सोमबार उनीहरु ठोरी नाका पुगेका थिए । 

तीनै युवतीलाई भारतको दिल्लीमा रहेको एक श्रृंगारिक कम्पनीमा सामान प्याक गर्ने काममा लगाइदिने भन्दै लैजाने एक भारतीय नागरिक सहित ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पन्तले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा भारतको बेतिया पिपरा घर भएका बृजेश कुमार, तनहुँको देवघाट ५ का ४४ वर्षीय यादवप्रसाद धिताल र घिरिङ गाउँपालिका–४ का १९ वर्षीय किसन विश्वकर्मा रहेका छन् ।
 
धितालकै योजना बमोजिम तीनै जना युवतीलाई भारतको दिल्लीमा रहेको एक श्रृंगार कम्पनीमा काम लगाइदिने बाहनामा भारत पुर्‍याउन लागेको अवस्थामा उद्धार गरिएको प्रहरी निरीक्षक विकले बताए । 

कसैले सोधेमा किसान विश्वकर्माको दिदी बहिनी नाता पर्ने भन्न युवतीहरुलाई सिकाएको  प्रहरी निरीक्षक पन्तले बताए ।

ठोरी नाकामा सोमबार बसबाट झरेका युवतीहरुको गतिविधि शंकास्पद लागेपछि सोधपुछ गर्ने क्रममा उनीहरुको उद्दार गरिएको भन्दै प्रहरी निरीक्षक पन्तले भने,‘उद्धार गरिएका युवतीका घरपरिवारसँग सम्पर्कको प्रयास भइरहेको छ, उनीहरुलाई भारत लैजाने ३ जना पूरुषलाई भने हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.