स्पोर्टस् साइन्सका विद्यार्थीलाई २ हजार डलरको उपकरण हस्तान्तरण
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको मास्टर अफ स्पोर्ट्स साइन्सका विद्यार्थीहरूको अनुसन्धानका लागि आवश्यक खेलकुद किनएन्थ्रोपोमेट्रिक उपकरण स्पोर्ट्स साइन्स मास्टर डिग्रीका संयोजक गंगाबहादुर थापालाई हस्तान्तरण गरिएको छ ।
क्यानडाको रोसक्राफ्ट कम्पनीमा बनेको उक्त उपकरणको मुल्य करिब दुई हजार अमेरिकी डलर छ । सोही अवसरमा अमेरिकी खेलकुद विज्ञानको विश्वविख्यात पब्लिकेसन ह्युमेन काइनेटिका विभिन्न खेलकुद विज्ञानसम्बन्धी एक हजार पाँच सय अमेरिकी डलर मुल्य बराबरका पुस्तक पनि उपहारस्वरूप हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
३