कर्णालीका भौतिक पूर्वाधारमन्त्री खत्री बर्खास्त

कर्णालीका भौतिक पूर्वाधारमन्त्री खत्री बर्खास्त

काठमाडौं : कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा योजनामन्त्री खड्गबहादुर खत्रीलाई बर्खास्त गरिएको छ । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री खत्रीलाई बिहीबार साँझ बर्खास्त गरेका हुन् । पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि उनलाई बर्खास्त गरिएको कर्णाली प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए । 

मुख्यमन्त्रालयका अनुसार मुख्यमन्त्री शाहीले पूर्वाधारमन्त्री खत्रीलाई राजीनामा दिनका लागि निर्देशन दिएका थिए । तर उनले राजीनामा दिन अस्वीकार गरेपछि पार्टीका नेतासँग छलफल गरी बर्खास्त गरेका हुन् । 

बिहीबार साँझ नै मुख्यमन्त्री शाहीले मन्त्री खत्रीलाई बर्खास्त गरेको निर्णय प्रदेश प्रमुख दुर्गाकेश खनाललाई जानकारी दिएका छन् । संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) वमोजिम पदमुक्त गरी भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री शाहीले आफै सम्हाल्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । 

उच्च अदालत पाटनले सोमबार मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश दिएको थियो । अदालतका न्यायाधिशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले उक्त आदेश जारी गरेको हो । 

पूर्वाधारमन्त्री खत्रीसहित पाँच जनाले एक करोड १० लाख ८० हजार रकमको कृषि विकास बैंक भोजपुरबाट जारी नक्कली झुटो, किर्ते, बैंक ज्ञारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको ठहर गर्दै उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेको थियो । 

यो प्रकरणमा मन्त्री खत्रीसहित पाँच जनाविरुद्ध मुद्दा चलाइएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले मन्त्री पदबाट बर्खास्त गरेका हुन् । अन्य अभियुक्तहरु छविलाल ढकाल, रणधिर तुम्बा र देवजंग शाहलिक्ष्ए अदालतमा उपस्थित गराइएको थियो । 

उपस्थित तीनै जनालाई बैंकिङ कसुर अन्तर्गत ६ लाख धरौटी माग गरेको छ । अदालतको आदेशमा मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई फरार अभियुक्त भनिएको छ । 

मन्त्री खत्रीलाई पक्राउ गरी अदालतमा तीन दिनभित्र पेश गर्न आदेश दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.