अस्पतालको बेडमा श्रीमती छोडेर श्रीमान‌् बेपत्ता

अस्पतालको बेडमा श्रीमती छोडेर श्रीमान‌् बेपत्ता

विराटनगर : विराटनगरस्थित गोल्डेन अस्पतालमा एक बिरामी कुरुवा बेपत्ता भएपछि बिचल्लीमा परेकी छिन्। धरान नगरपालिका-२० विष्णु चौक निवासी ४० वर्षीय मनु रायलाई अस्पतालमा रेखदेख गर्न आएका कुरुवा अचानक बेपत्ता भएपछि बिचल्लीमा परेकी हुन्।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सम्भव नभएपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा रायलाई अर्धचेत अवस्थामा साउन १६ गते भर्ना गरिएको थियो। किड्नी इन्फेक्सन, निमोनिया र मुखबाट रगत बग्ने समस्या देखिएपछि उपचार गर्न उनी श्रीमान र छोरीसँगै अस्पताल आएकी थिइन्।

रायको आइसीयुमा भर्ना गरेर गोल्डेनका चिकित्सकले उपचार सुरु गरेको तीन दिनपछि कुरुवाको रुपमा सँगै आएका श्रीमान विनोद राय र छोरी मोरङको पथरी ७ निवासी देवी राय सम्पर्कबिहीन बनेका हुन्।

अस्पतालका प्रशासकीय अधिकृत संतोष मेहताले बिरामीको श्रीमान् र छोरी बेपत्ता भएपछि उपचार गरेर अस्पतालमै राखेको बताए। 

उनले साउन १९ गते देखि उनीहरु सम्पर्कबिहीन भएको जानकारी दिए।साउन ३१ गते उनको आइसीयुमा राखेर उपचार गरेको थियो। अस्पतालले डिस्चार्ज गरेपनि सम्पर्कमा कोही नआएपछि उनलाई अस्पतालमै राखिएको छ।

रायलाई अस्पतालले जेनरल वार्डमा राखेर खाना र औषधिको व्यवस्था मिलाएको छ। मेहताका अनुसार १६ दिन अगाडि आफन्त सम्पर्कबिहीन भएका थिए। नयाँ नम्बरमा सम्पर्क गर्दा उनीहरु सम्पर्कमा आउन चाहेनन्।उनीहरुले उपचार गरेवाफतको एक पैसा समेत बुझाएका छैनन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.