प्रहरी जवान हिटलरसहित ३ जनाविरुद्ध मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क गंगबुका प्रहरी जवान हिटलर साउँदसहित ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
सवारी दुर्घटनाको पुलिस रिपोर्ट बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका प्रहरी जवान हिटर साउद, देबेन्द्र बलायर र लोकेन्द्र थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
उनीहरु सेवाग्राहीसँग एक लाख घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन्। उनीहरुविरुद्ध १ लाख विगो कायम गरिएको छ। उनीहरुसँगै प्रक्राउ परेका प्रहरी जवान आकाश खनाल र निरज भण्डारीको घुस लिने कार्यमा संलग्नता नदेखिएपछि सजाय मागदाबीमा छुट दिइ सफाइ दिइएको छ।
मुद्दा दायर गरिएका भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबीसहित विशेष अदालतमा आरोप दायर गरिएको छ।
प्रतिक्रिया दिनुहोस !