सरकारी अस्पतालले नै पठाउँछन् औषधी किन्न निजीमा

सरकारी अस्पतालले नै पठाउँछन् औषधी किन्न निजीमा

रुपन्देही : बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेको निजी फार्मेसीलाई हटाएर अस्पतालले आफ्नै फार्मेसी विस्तार गरेको छ। तीनवटा सटरमा सञ्चालित अस्पतालको फार्मेसीमा चिकित्सकले सिफारिस गरेजति सबै औषधि भने पाइँदैन।

सरकारी फार्मेसीमा औषधि नभएपछि बिरामी निजीमा जाने गरेका छन्। अस्पतालले निजी फार्मेसीसँगको मिलेमतोमा आवश्यक औषधि नराखेको हो। देखाउनका लागि फार्मेसी राखेर औषधि भने निजीकै बिक्री गराउने गरिएको छ। चौतर्फी विरोधपछि अस्पतालले कोठामा रहेको फार्मेसी विस्तार गरेको थियो। तर यो पनि प्रभावकारी हुन सकेको छैन।

सरकारी फार्मेसीमा औषधिमा छुट दिइएको छ। बुटवल देवीनगरकी मञ्जु भुसालले अस्पतालको फार्मेसीमा औषधि नपाएपछि निजी औषधि पसलमा खरिद गरिन्। ‘डाक्टरले ४ वटा औषधि लेखेका थिए। एउटा मात्र पाइयो ३ वटाको लागि निजी क्लीनिकमा जानुपर्‍यो’ उनले भनिन्, ‘पहिले अस्पतालको गेटभित्रै सबै औषधि पाइन्थ्यो। अहिले यहाँ औषधि छैन बाहिर जानुस् भन्छन्।’

भैरहवाबाट प्रादेशिक अस्पतालमा आएकी विनिता ज्ञवालीले अस्पतालको फार्मेसीमा औषधि नपाएर गेट बाहिरको फार्मेसीमा खरिद गरिन्। ‘मलाई दुईवटा औषधि चाहिएको थियो। दुवै यहाँ रहेनछ। बाहिरको पसलमा जाँदा पाइयो’ उनले भनिन्, ‘अस्पतालको आफ्नै फार्मेसी हो। सुलभ दरमा पाइन्छ भन्ने। तर औषधि बाहिर किन्न जानुपर्ने अवस्था त राम्रो भएन नि ? ’

औषधि किन्न आएका सेवाग्राहीलाई फार्मेसीका कर्मचारीले उपलब्ध नभएको औषधि बाहिर किन्न सल्लाह दिने गरेका छन्। चिकित्सकले सिफारिस गरेको औषधिको सूचीमा फार्मेसीमा नपाइने औषधिको नाममा चिन्ह लगाइदिने गर्छन्। ‘टिक लगाएको औषधि बाहिर किन्नुहोला है’ फार्मेसीका कर्मचारीले मंगलबार दिउँसो सेवाग्राहीलाई पटक–पटक भनिरहेका थिए।

लुम्बिनी प्रादेशिक अस्पतालले गत साउन १७ गतेबाट अस्पतालको गेटभित्रको निजी फार्मेसीलाई विस्थापित गर्दै आफ्नो फार्मेसी विस्तार गरेको थियो। २०७३ फागुनदेखि तत्कालीन अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरे पनि फार्मेसी ओझेलमा थियो।

बिरामी तथा सेवाग्राहीको अस्पताल हाताभित्र निजी संस्थाले चलाएको जनप्रिय फार्मेसीमा भीड लाग्ने गथ्र्यो। जनप्रियको टेन्डर सम्झौताको म्याद सकिएपछि असार १७ बाट अस्पताल आफैले त्यही ठाउँमा फार्मेसी स्थापना गरेको हो। तर अस्पतालले फार्मेसीमा पर्याप्त औषधि नराख्दा सेवाग्राहीको बाहिरको निजी औषधि पसलमै भीड लाग्ने गरेको छ।

अस्पतालको आफ्नो फार्मेसीमा अहिले दैनिक डेढ लाख बराबरको औषधि बिक्री हुने गरेको छ। यसअघिको जनप्रिय फार्मेसीले ३–४ लाखको औषधि बिक्री गर्दै आएको थियो। अस्पतालको फार्मेसीमा पर्याप्त औषधि हुने हो भने अहिले पनि त्यही बराबरको औषधि बिक्री हुन्छ। फार्मेसीका इन्चार्ज दिपक श्रेष्ठले सुरुवातको समय भएकाले औषधि पर्याप्त नपाइएको बताए।

‘दैनिक औषधिको स्टक बढाउँदै लगेका छौं। एक महिना जतिमा सेवाग्राहीको मागजति औषधि उपलब्ध गराउछौं’ उनले भने ‘पुरानो आर्थिक वर्षको टेन्डर अनुसारको औषधि मात्र हामीसँग छ। यो आर्थिक वर्षको टेन्डर भएपछि अरु औषधि थपिएला।’ अस्पतालको फार्मेसीमा कर्मचारी पनि नयाँ भएको र व्यवस्थापन गर्न समस्या भएको श्रेष्ठ बताउँछन्। अस्पतालको फार्मेसीमा हाल १५ जना कर्मचारी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.