पुडासैनी आत्महत्या प्रकरण : युवराज कँडेलको बयान सुरु

पुडासैनी आत्महत्या प्रकरण : युवराज कँडेलको बयान सुरु

चितवन : चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार युवराज कँडेलको बयान सुरु गरेको छ। चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार सोमबार न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सुरु भएको हो।कँडेलको बयान सकिएपछि रवि लामिछानेको बयान सुरु हुने गिरीले जानकारी दिए।अदालतले आइतबार रुकु कार्कीको बयान लिइसकेको छ। 

बयानका क्रममा रुकुले पुडासैनीको आत्महत्यामा आफ्नो संलग्नता नरहेको जिकिर गरेकी छन्। उनले आफूमाथि लागेको आरोपबाट सफाइ पाउनुपर्ने बताएकी छन्। अदालतको आदेश नआएसम्म तीनैजनालाई न्यायिक हिरासतमा राखिने छ। 

अनुसन्धानबाट प्राप्त प्रमाणको आधारमा आइतबार लामिछाने, कँडेल र रुकुविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको हो। प्रहरीले १० दिनको म्यादमा हिरासतमा राखेर अनुसन्धान पूरा गरेपछि आइतबार अदालतमा मुद्दा दर्ता भएको हो। 

पत्रकार पुडासैनी साउन २० गते राति नारायणगढको कंगारु होटलमा मृत अवस्थामा फेला परेका थिए। गत वर्ष भाद्र १ गतेदेखि लागु भएको मुलुकी ऐनमा व्यवस्था भए अनुसार आत्महत्या दुरुत्साहनको मुद्धा प्रमाणित भएमा पाँच वर्षसम्म कैद हुने कानुनी प्रवधान छ। 

लामिछाने, कँडेल र कार्की साउन ३० गते राजधानीबाट पक्राउ परेका हुन्। पुडासैनीले आत्महत्याअघि कार्की, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि उनीहरु पक्राउ परेका हुन्।

प्रशासनको निषेधज्ञा 

जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गरेको छ। संचारकर्मी रवि लामिछानेको रिहाइको माग गर्दै ११ दिनदेखि भरतपुरमा प्रदर्शन भइहेको छ।

जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि चारकिल्ला तोकेर त्यसभित्र पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने आदेश गरेको छ।

भरतपुर महानगरपालिका १० स्थित मुद्धाको अनुसन्धान,अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरु रहेको क्षेत्रमा चार किल्ला निर्धारण गरी भेला र प्रदर्शन निषेध गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.