रवि, युवराज र अस्मिताबारे जिल्ला अदालतको आदेश जस्ताको तस्तै

रवि, युवराज र अस्मिताबारे जिल्ला अदालतको आदेश जस्ताको तस्तै

चितवन : चितवन जिल्ला अदालतले टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीको विषयमा दिएको आदेश सार्वजनिक गरेको छ। संक्षिप्त आदेश अनुसार लामिछाने पाँच लाख, युवराज तीन लाख र अस्मिता साधारण तारेखमा छुटेका छन्। 

उनीहरुले थुनाबाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउँने छन्। तर उनीहरु अदालतले तोकेको मितिमा नियमित तारेखमा भने उपस्थित हुनुपर्नेछ।  सोमबारको आदेश मुद्दामा थुनामा बसेर पुर्पक्ष वा थुना बाहिरै रहेर धरौटी वा साधारण तारेखमा पुर्पक्ष गर्ने भन्ने विषयमा सम्बन्धित छ। 

आदेश अनुसार तीनजना प्रतिवादीले कारागारमा नगई बाहिरै बसेर मुद्दाको तारेखमा बस्ने सुविधा पाएका छन्। 

चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले यस्तो आदेश दिएको हो। उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगसहित मुद्दा दायर गरेको थियो।   

उनीहरुको रिहा लगत्तै रवि लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका छन्। लामिछानेलगायत अभियुक्तविरुद्धको मुद्दा पूर्वाग्रहपूर्ण र प्रतिशोधका आधारमा दर्ता भएको दाबी गर्दै २३ कानुन व्यवसायीले दिनभर बहस गरेका थिए।  

रविसहित तीनैजनालाई चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले साउन ३० गते काठमाडौंबाट पक्राउ गरेको थियो। रवि र युवराज बिहीबार साँझ पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट  पक्राउ गरेको थियो। लामिछाने न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन्।

चितवन जिल्ला अदालतले भदौ ३ गते लामिछानेलाई छानबिनका लागि ५ दिन म्याद थप गरेको थियो । जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार लामिछानेसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।  

पत्रकार पुडासैनीले आत्महत्याअघि अस्मिता, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो। पुडासैनीकै आवाजको भिडियो रहेको पुष्टिपछि थप अनुसन्धान गर्न लामिछाने, कार्की र कँडेलमाथि प्रहरीले १० तीनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो। 

पुडासैनीले भिडियोमा कार्की, लामिछाने र कँडेलले आफूलाई फसाउन खोजेकाले आत्महत्याका लागि विवश बनाएको बताएका छन्। उनी साउन २० गते चितवनको होटल कांगारुमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए। उनले सिधा कुरा जनतासँगको कार्यक्रम छाडेर माउन्टेन टेलिभिजनमा काम गरेको भिडियोमा उल्लेख गरेका छन्। लामिछानेका कार्यक्रम छाडेपछि आफूले धेरै धम्की खेपेको र आत्महत्या गर्न बाध्य भएको दाबी पुडासैनीले गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.