क्यान्भासमा अशोक स्तम्भदेखि पृथ्वीनारायणको कान्तिपुर आक्रमणसम्म (तस्बिर)

क्यान्भासमा अशोक स्तम्भदेखि पृथ्वीनारायणको कान्तिपुर आक्रमणसम्म (तस्बिर)

काठमाडौं : नेपाल आर्ट काउन्सिलमा शुक्रबारबाट वरिष्ठ कलाकार हरिप्रसाद शर्माका चित्रकला प्रदर्शन गरिएको छ। 

उनका कलाकृतिमा प्राचिन र मध्यकालीन काठमाडौंको संस्कृति, इतिहास र वास्तुकला भेटिन्छ। उनका चित्रहरु वर्तमान र भविष्यका लागि अभिलेख बन्न सक्छन्। 
उनका चित्र २०५९ मा पनि प्रदर्शनमा ल्याइएको थियो। हरिप्रसाद सानैदेखि चित्रकलामा रुचि राख्थे। उनको चित्रमा शरीर, प्रकाश र दुरी संयोजनका तीन आयाम मुख्य विशेषतामा पर्छन्। उनले यी ऐतिहासिक चित्र नेपालका युवा विद्यार्थीप्रति समर्पित गर्दै आएका छन्।  

०५२ सालदेखि आफ्नो रुचिलाई क्यानभासमा उतार्न सुरु गरेका हरिप्रसादले छोरा विष्णुप्रसादसंगको सहकार्यमा इतिहासका पाटाहरु अझै खोतल्दै गएका हुन्। हरिप्रसाद शर्माका चित्रहरुले त्यतिबेलाको जनजीवन, इतिहास कस्तो थियो भन्ने देखाउँछ। 

इतिहासलाई अक्षरमा मात्र पढ्दै आएकोमा त्यसलाई चित्रका माध्यमबाट पढ्दा अझै जिवन्त हुने भन्दै इतिहासका घटनाक्रमलाई रंग र कुचिका माध्यमबाट चित्रमा ढाल्ने प्रयास गरेको छोरा विष्णुप्रसादको भनाइ छ। उनी भन्छन्, ‘यस कार्यलाई हाम्रो परिवारले मिसनको रुपमा विकसित गरेका छौं।’
चित्र स्मरणमा लामो समयसम्म रहिरहने र प्रभावकारी हुने उनी बताउँछन्।

बुद्ध नेपालमा जन्मिएको भन्ने प्रमाण दिन राजा अशोक नेपालको लुम्बिनीमा आएर अशोक स्तम्भ गाडेको दृष्य। 

अशोक स्तम्भ बुद्ध नेपालमा जन्मेको महत्वपूर्ण प्रमाणमध्ये एक हो। यो पेन्टिङ बनाउन बाबुले चार वर्षको अनुसन्धान र ११ महिनासम्म क्यानभासमा उतार्ने समय खर्चिएको विष्णुप्रसादले जानकारी दिए। चित्रमा अशोक स्तम्भको माथिपट्टि घोडा थियो। तर पछि चट्टयाङ लागेर त्यो घोडा नष्ट भयो। चित्रमा त्यहि घोडाको प्रतिमा देखाइएको हो।  अनुसन्धानका आधारमा उक्त अशोक स्तम्भ राँगोले तान्ने गाडामा ल्याइएको थियो। भारत वर्षका राजा अशोकले लुम्बिनीमा तीन स्तम्भ ल्याएका थिए। दुई स्तम्भ निग्लिहवा र गोटीहवामा ठड्याइएको थियो। तर अहिले त्यसको नामनिसान छैन।

चागुनारायणमा लिच्छविकालीन राजा मानदेवले मल्लपुरी विद्रोहमा जीतेपछि विजय उत्सव मनाएर आफ्नो आकृति भएको गरुड स्तम्भ गाडेको दृष्य।

मानदेव कला र संगीत प्रेमी थिए। यो उनको चित्रण गर्दै कोरिएको चित्र हो। यस चित्रमा उनका रानीहरु पनि संगीत बजाइरहेका छन्।

भृकुटीको श्रञ्चन गम्पोसँग पहिलो भेट।

अरनिको चीन प्रस्थान गर्न लाग्दा ८० जना कालिगडलाई आफूसँगै लगेका थिए। सोही समयमा उनका परिवारले गरेको बिदाइ चित्रमा उतारिएको छ। त्यतिबेला अरनिकोकी पत्नी १७ वर्षकी थिइन्। पतिलाई विदाइ गर्दै उनी रोइरहेकी छन्।

प्रताप मल्ललले प्रतापपुर र अनन्तपुर दुई मन्दिर बनाउन लगाएपछि उक्त ठाउँलाई भूतप्रेत र चट्टयाङबाट बचाउन तान्त्रिक विधिले यज्ञ गरिँदै। 

इरानका राजकुमार विभिन्न मुलुक घुम्ने क्रममा नेपाल आउँदा उनीसँगै आएका एक चित्रकारले रानीपोखरीको चित्र बनाएका थिए। यो त्यहि चित्र हो। असली चित्र अहिले पनि बेलायतको संग्राहलयमा छ। 

प्रकाश मल्ल र तलेजु भवानी पासा खेलेर बसेको दृष्य। 

प्रकाश मल्लसँग भएको श्री यन्त्रको माध्यमबाट मन्त्र पढेपछि तलेजु भवानी प्रकट हुन्थिन्। राजाले कुदृष्टि लगाएको अवगत भएपछि उनी सदाका लागि अदृष्य भएकी थिइन्। पछि राजाले क्षमायाचना मागेपछि सपनामा तलेजु भवानीले कुमारीको प्रतिस्थापना गर्न राजालाई सुझाएका थिए। तलेजु भवानीले आफू जिवित कुमारीको रुपमा आउने बताएपछि प्रकाश मल्लले कुमारी प्रतिस्थापन गराएका हुन्।

 पृथ्वीनारायण शाहले कान्तिपुर इन्द्रजात्राका दिन राती आक्रमण गरेको दृष्य। 

उनले भिमसेनथान , टुँडिखेलमा सैनिक राखी आफैँ पनि नगर प्रवेश गरी कान्तिपुर आक्रमण गरेका थिए। रातको समय आक्रमण गरेकाले हत्याहिंसाविना नै कान्तिपुरलाई जीतेका थिए।

कान्तिपुरलाई जितिसकेपछि पृथ्वीनारायण शाहले भोलिपल्ट कुमारीको हातबाट टिका ग्रहण गरेको दृष्य।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.