प्रदेश २ को राजधानी र नामाकरणमा छलफल

प्रदेश २ को राजधानी र नामाकरणमा छलफल

जनकपुरधाम : प्रदेश २ को स्थायी राजधानी र नामाकरणको विषयमा संसद्मा छलफल सुरु भएको छ। संसद् सचिवालयले प्रदेशको राजधानी र नामाकरणबारे प्रस्ताव आव्हान गरेको १५ दिनपछि प्रदेशसभामा औपचारिक छलफल सुरु भएको हो।

छलफलमा नेकपा संंसदीय दलका नेता सत्यनारायण मण्डलले पूर्वीय दर्शनको महात्मयमा जनकपुरधामको वर्णन, व्याख्या तथा ऐतिहासिकता, धार्मिकतालाई केन्द्रबिन्दु मानेर परिक्रमा क्षेत्रसहित धनुषा जिल्लालाई राजधानी र जानकी प्रदेश कायम गर्न माग गरे। उनले भने, ‘जनकपुरसहित पूरा धनुषा राजधानी कायम गरिए प्रदेशको जनसंख्या, जनकपुरधाममा मात्र सिमित नभएर राजधानीको भारलाई थेग्न तथा ऐतिहासिकताको हिसाबले रामजानकीसँग जोडिएको क्षेत्र धनुषाधामलाई गाभ्न राजधानीकोे दायरा फराकिलो पार्न जरुरी छ।’

प्रस्तावको समर्थनमा सुन्दरबाबु विश्वकर्माले व्यवस्थित, सुयोग्य शासन, प्रशासन सबैलाई मध्यनजर गरेर परिक्रमा क्षेत्रसहितको ठाउँलाई ेराजधानीको प्रस्ताव उपयुक्त हुने तर्क पेश गरे। समर्थनमा नेकपाकी सांसद बेची लुङ्गेलीले ८ जिल्लालाई समेटेर राजधानी हुन नसक्ने भएकोले रामायण सर्किटको अवधारणा अनुरुप राजधानीको विषयलाई जोडेर राजधानी तोक्नुपर्नेमा जोड दिइन्।

प्रदेशसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले जनसंख्या, भूगोल, पूर्वाधार, इतिहास र संस्कृतिको महत्व बोकेकोले जनकपुरधाम राजधानी र मिथिला भोजपुरा नामाकरण हुनुपर्ने बताए। उनको प्रस्तावको समर्थनमा नेपाली कांग्रेसका सांसद नरेशकुमार राय, उपेन्द्र कुशवाहा, सरस्वती चौधरीले जनकपुरधाममै राजधानी तोक्नुपर्ने प्रस्ताव राखे।

वीरगञ्ज राजधानी हुनुपर्ने प्रस्ताव पेश गर्दै सांसद सिहांसन शा कलवारले भने, ‘विरगजको आन्दोलनमा ठूलो भूमिका रह्यो। पर्सा बारावासीले बोर्डरमा बसेर ज्यान दाउमा राखेर ६ महिना आन्दोलन गरे संघीयताका लागि। जनकपुरको पनि विकास हुनुपर्छ तर राजधानी वीरगन्ज नै उपयुक्त हुन्छ।’ सांसद प्रह्लाद गिरी गोस्वामीले संसदबाट दुई तिहाइको बहुमतले राजनधानी तोक्ने प्रक्रिया नै गलत रहेको बताए।

उनले भने, ‘नेताहरुले आन्दोलनको बेला प्रदेशको राजाधानी भन्दै जनताको महत्वाकांक्षा बढाए। रौतहट, बारा र पर्साको जनतालाई लोभ देखाए। अब राजधानी पनि वीरगन्ज नै तोक्नुपर्छ।’ समर्थनमा करिबमा बेगमले काठमाडौं र ३ नं. प्रदेशको राजधानीको उपयुक्तताको हिसाबले सुखा बन्दरगाह, राजश्व लगायतका सबैथोक रहेकाले वीरगन्ज हुनुपर्ने बताइन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.