इन्द्रजात्रामा विदेशी पाहुना

इन्द्रजात्रामा विदेशी पाहुना

काठमाडौं : काठमाडौंको ठूलो पर्व येंया पून्हि (इन्द्रजात्रा) हेर्न ४८ विदेशी पाहुना काठमाडौं आएका छन् । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा हेर्न भगिनी सम्बन्ध भएका ६ देशका १३ नगरबाट ५ प्रमुखसहित ४८ पाहुनालाई काठमाडौं डाँकेको हो । शुक्रबार बिहान करिब ९ बजे बसन्तपुरमा ती पाहुनालाई सांस्कृतिक झाँकी सहितको टोलीले भब्य स्वागत गरिएको छ ।

पाहुनालाई काठमाडौं भित्रका थुप्रै बाह बहि, बिहार, ऐतिहासिक सम्पदा क्षेत्रहरुमा परिक्रमा समेत गराइएको छ । काठमाडौंका प्राचीन बस्ती, भुकम्पपछि पुन निर्माण हुँदै गरेका मठमन्दिरका साथै पाहुनालाई इन्द्रजात्रामा हुने सबै किसिमका साँस्कृतिक गतिविधिको फोटो प्रदर्शनीमा समेत सामेल गराइएको छ ।

भ्रमणले भिजिट नेपाल २०२० लाई प्रवद्र्धन गर्ने काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले बताएका छन् । पाँच देशका प्रमुख इन्द्रजात्रा हेर्न आउने भनिए पनि शुक्रबार चीनका दुई, भारत र भुटान गरी एक-एक प्रमुख मात्र उपस्थित थिए । भ्रमणमा चीनको ल्हासाका प्रमुख गुहेओ गुहेओ, भुटानको थिम्पु नगरका प्रमुख किन्ले दोर्जे आएका छन् । त्यस्तै, भारतको इस्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका प्रमुख अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट प्रमुख सरदार अभतार सिंहको नेतृत्वको टोली जात्रा अवलोकन गर्न काठमाडौं आइसके । बंगलादेशको ढाका साउथ सिटी कर्पोरेसनका प्रमुख मोहम्मद सहिद खोकन भने स्वास्थ्य ठिक नभएका कारण भ्रमणमा उपस्थित नभएको मेयर शाक्यले बताए ।

महानगरले औपचारिक रूपमा पहिलो पटक यसरी पाहुना डाँकेको हो । अवलोकन गर्न आउने पाहुनाले इन्द्रजात्राका मूर्त-अमूर्त पक्षको अवलोकन गर्नुका साथै वसन्तपुरलगायत महानगरभित्रका सहरी क्षेत्र, स्वयम्भू, बौद्धनाथ क्षेत्र, चन्द्रागिरि, ललितपुरको पाटन र भक्तपुरको दरबार स्क्वायर भ्रमण गर्नेछन् । 
टोली भदौ २६ गते काठमाडौं आइपुगेको हो । भदौ ३० गते सबै पाहुना आ-आफ्नो देश प्रस्थान गर्ने छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.