दूधको मूल्य वृद्धिले थपेन उत्साह

दूधको मूल्य वृद्धिले थपेन उत्साह

इलाम / तेह्रथुम : सरकारले दूधको मूल्य वृद्धि गरे पनि इलाम र तेह्रथुमका व्यावसायिक कृषकमा खुसी थपिएको छैन। उत्पादित दूधले बजार नपाइरहेको समयमा दूधको मूल्य बढाउँदा नबिक्ने समस्या हुने तेह्रथुमका कृषक बताउँछन्।

बजार र कृषकको अवस्था नहेरी दूधको मूल्य बढाइनु गलत भएको तेह्रथुम म्याङलुङ नगरपालिका ६ हरिसेका तेजप्रसाद आपागाई बताउँछन्। ‘पहाडको दूध ढुवानी गर्न समस्या भएको बहाना गर्ने दुग्ध उत्पादन सहकारी संस्थाले भाउ बढेपछि अझै खरिद नगर्ने निहुँ पाउँछन्, हामीले हात जोडेर किनिदिन भनिरहेको समयमा यो निर्णयले कृषकलाई फाइदा गर्दैन’, आपागाईंले भने।

५ वर्षअघि सुरु गरेको आपागाईंको शिमिनाक्सी पाथिभरा गाईपालन फार्ममा १५ गाईमध्ये ६ वटा दुहुना छन्। दैनिक ५० देखि ७० लिटरसम्म दूध उत्पादन भए पनि बजार अभावले सोचेजस्तो आम्दानी गर्न नसकेको उनी बताउँछन्। प्रतिलिटर ४० रुपैयाँमा दूध बिक्री गर्दै आएका आपागाईं पहिलेकै भाउमासमेत दूध बिक्री गर्न समस्या भएको उनले बताए। ल्लेख गरे।

उत्पादित दूधले बजार नपाएपछि निराश हुनुपरेको म्याङलुङ ६ का कृषक अम्बिकाप्रसाद आपागाईंले बताए। उनले भने, ‘पहिलेको दाममै दूध बिक्री हुँदैन मूल्य बढेर के गर्नु ? ’ कृषकको दूध बिक्री नहुँदा अधिकांश किसान मर्कामा छन्।

उत्पादित दूधले बजार नपाएपछि निराश हुनुपरेको म्याङलुङ ६ का कृषक अम्बिकाप्रसाद आपागाईंले बताए।

इलामका कृषक भने किसानको हातमा प्रतिलिटर ३ रुपैयाँ ६६ पैसा पुग्ने गरी मूल्य वृद्धि गरे पनि व्यावसायिक कृषकलाई कुनै राहत नपुगेको बताउँछन्। सूर्योदय नगरपालिका ११ भालुखोपको त्रीब्रदर्स गाई फार्मका प्रोपाइटर कुमार रेग्मीले दुई वर्षमा उत्पादन लागत आकासिए पनि नाफा घाटा विश्लेषण नगरी मूल्य वृद्धि भएको गुनासो गरे। उनले भने, ‘प्रतिगाई दैनिक २० लिटर दुग्ध उत्पादन गर्न असम्भव हुन्छ।’

मूल्य वृद्धि भएपछि ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ भएको दूध बिक्री गर्ने किसानले अहिले ४१ रुपैयाँ ३२ पैसा पाउँछन्। यसअघि किसानले प्रतिलिटर ३७ रुपयाँ ६६ पैसा पाउँदै आएका थिए।

दैनिक २० लिटर दूध दिने गाईको लागि प्रतिलिटर दुग्ध उत्पादन लागत मात्रै ३८ रुपयाँ पर्ने कृषकको दाबी छ। राष्ट्रिय दुग्ध विकास बोर्डले २०१४ मा गरेको दुग्धको उत्पादन लागत विश्लेषणमा औसत प्रतिलिटर दुग्ध उत्पादन लागत ३४ रुपैयाँ ९२ पैसा पर्ने निष्कर्ष निकालेको थियो। इलाममा देशकै सबैभन्दा कम लागतमा दुग्ध उत्पादन हुने बोर्डको रिपोर्टमा उल्लेख छ। इलाममा प्रतिलिटर २९ रुपैयाँ ८१ पैसामा दुग्ध उत्पादन हुने भनेपछि इलामका किसानले बोर्डको विश्लेषणलाई त्रुटिपूर्ण भन्दै अस्वीकार गर्दै आएका छन्। यसपटक प्रतिलिटर ६ रुपैयाँ मूल्य बढेको हल्ला चले पनि किसानको हातमा ३ रुपैयाँ ६६ पैसा मात्रै पुग्ने कृषक रेग्मीले बताए।

इलामको पशुपतिनगरमा उत्पादित दूध। तस्बिर : तोयानाथ भट्टराई

इलाम दुग्ध उत्पादनका लागि अग्रणी जिल्लामा पर्छ। दुग्ध विकास संस्थान विराटनगरका लागि इलामका आठवटा चिस्यान केन्द्रबाट दैनिक २० हजार लिटर दुग्ध संकलन हुने गरेको छ। इलाममा सिजनमा ३५ हजार लिटरसम्म उत्पादन हुने गरेको छ।

डीडीसीले इलामको कुटिडाँडा, तीनघर, फिक्कल, लक्ष्मीपुर, बिब्ल्याटे, शान्तिडाँडा, पुवाखोला र देउराली चिस्यान केन्द्रमार्फत दुग्ध संकलन गरेर विराटनगर लैजाने गरेको छ। डीडीसीले तेह्रथुमबाट ३ हजार पाँच सय, धनकुटाबाट ८ हजार पाँच सय र विराटनगर आसपासबाट चार हजार लिटर दूध संकलन गर्ने गरेको शाखाले जनाएको छ।

संकलन भएको दूधमध्ये १० हजार लिटर दुग्ध स्थानीय बजारमा खपत हुने गरेको छ भने बाँकी दूध पाउडर बनाउने गरेको छ। इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको छ। होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार तीन सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्यांक छ।

इलाममा उत्पादित दूधमध्ये धेरै डीडीसीमा बिक्री हुने गरेको छ। केही प्रतिशत दूधमात्र स्थानीयस्तरमा परिकार बनाउन खपत हुने गरेको छ। इलामका ग्रामीण भेगमा उत्पादित दूधमध्ये दुग्ध विकास संस्था (डीडीसी) मा मात्र वार्षिक ३० करोड ६६ लाखको दूध बिक्री हुने गरेको सरकारी विवरणमा उल्लेख छ।

इलाममा १२० वटा गाई फार्म र सहकारीमा आबद्ध किसानले दूध उत्पादन गर्ने गरेका छन्। जिल्लाका ३६ वटाभन्दा बढी गाउँबाट चिस्यान केन्द्रमा दूध ल्याउने गरिएको छ। १५ वटाभन्दा बढी गाउँमा व्यावसायिक गाईपालन गरेर किसानले दैनिक पाँचदेखि ४० लिटरसम्म दूध बिक्री गर्ने गरेका छन्।

नेपालमा हाल उत्पादित करिब १५ लाख मेट्रिक टन दूधमध्ये १५ प्रतिशत हिस्सा मात्र व्यापारिक क्षेत्रको कारोबारमा जाने गरेको छ। बजारमा पुगेको दूधले मात्र वार्षिक ५ अर्ब ५० करोड रुपैयाँ सहरबाट ग्रामीण क्षेत्रमा प्रवाह हुन्छ। मूल्य वृद्धिले दूध उत्पादकलाई असर गरेको फिक्कल डेरीका सञ्चालक दिनेशकुमार महत बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.