तंग्रियो प्रदेश अस्पताल

तंग्रियो प्रदेश अस्पताल

सुर्खेत : कर्णालीको एक मात्र ठूलो अस्पताल। जो वर्षौंसम्म आफैं बिरामी बन्यो। आवश्यक पूर्वाधार र विशेषज्ञ उपकरण नहुँदा सामान्य रोगको पनि उपचार सम्भव थिएन कुनै बेला। तर अहिले त्यही अस्पताल भौतिक पूर्वाधारमा अब्बल बन्दै सेवामा पनि सुधार भएको छ।

वीरेन्द्रनगरस्थित कालागाउँमा रहेको प्रदेश अस्पतालको (यसअघिको मध्यपश्चिम क्षेत्रीय अस्पताल) मुहार नै बदलिएको छ। कटेरोबाट सेवा सुरु गरेको अस्पतालमा अहिले सुविधायुक्त भवन बनेका छन्। अस्पतालमा विशेषज्ञ सेवा पनि थपिएका हुन्। भवन बनेसँगै सेवा प्रवाह पनि सुधारिएको छ। आईसीयू र एनआईसीयू सेवा पनि सुरु गरेको छ। ‘हिजो हामीसँग न स्रोत थियो, न दक्ष जनशक्ति नै,’ अस्पतालका सूचना अधिकारी विनोद बस्नेत भन्छन्, ‘हिजो डाक्टर नै नहुने अस्पतालमा अहिले २० विशेषज्ञ डाक्टर छन्। अब ३ सय शड्ढया सञ्चालन गर्न सक्ने भौतिक पूर्वाधार पनि बनेको छ।’

अस्पतालले सेवामा सुधार गरेसँगै दैनिक ७ सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्। यसअघि सामान्य बिरामीलाई निजी मेडिकल र नेपालगन्ज रिफर गर्ने यो अस्पतालमा दैनिक ठूला र साना अप्रेसन हुन थालेका छन्। ०२८ सालमा ५० शड्ढयाबाट जिल्ला अस्पतालका रूपमा सुरु भएको थियो, जुन ०६२ सालमा क्षेत्रीय अस्पतालमा विस्तार भयो। यहाँ अहिले १ सय १५ शड्ढया छन्। स्त्री तथा प्रसूति, शल्यचिकित्सा, मेडिसिन, हाडजोर्नी, बालरोग, नशा तथा मानसिक रोग, दन्तरोग र फिजियोथेरापी सेवा दिइरहेको छ। अस्पतालले २४ घण्टा विशेषज्ञ सेवा दिइरहेको छ।

५५ करोडको नयाँ भवन

अस्पतालको नाम धेरैपल्ट फेरियो। जिल्ला, क्षेत्रीय हुँदै अहिले प्रदेश अस्पतालमा रूपान्तरण भएको छ। नामअनुसार भौतिक संरचना भने अस्पतालले पाउन सकेको थिएन। करिब ५५ करोड रुपैयाँमा निर्मित नयाँ भवन हस्तान्तरण भएको छ। संघीय सरकारका सहरी विकासमन्त्री मोहमद इस्तियाक राईले शनिबार उक्त भवन कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरे।

भवन तोकिएको मितिभन्दा करिब ४ महिनाअघि नै बनेको हो। प्रदेश सरकारले भवन सञ्चालनका लागि अस्पताल विकास समितिलाई सुम्पेको छ। सुविधायुक्त भवन पाएसँगै अब प्रदेश अस्पतालबाट तत्काल ३ सय शड्ढयाको सेवा दिइने सामाजिक विकासमन्त्री दल रावलले बताए।

भवन हस्तान्तरण गर्दै मन्त्री राईले कर्णालीमा प्रदेश अस्पतालले सुविधायुक्त भवन पाएको बताए। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अब कर्णालीका नागरिकले उपचार गर्न बाहिर जानु नपर्ने बताए। प्रदेश सरकारले अस्पताललाई ३ सय शड्ढयाको बनाउने जानकारी दिँदै उनले कर्णालीवासीलाई विशेषज्ञ सेवा दिन लागि परेको उनको भनाइ छ।

शिक्षण अस्पतालको तयारी

भौतिक पूर्वाधार, विशेषज्ञ र उपकरण उपलब्ध भएसँगै यसलाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने प्रदेश सरकारले योजना बनाएको छ।

शिक्षण अस्पतालमा विस्तार गर्न संरचना निर्माण र जनशक्ति व्यवस्थापनको कार्य सुरु भइसकेको सामाजिक विकासमन्त्री रावलले बताए। कर्णालीमै दक्ष चिकित्सक उत्पादन गर्न र उपचारका लागि बाहिर जानु नपर्ने गरी अस्पतालको विकास गर्ने प्रदेश सरकारको योजना छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.