कता हरायो स्याल ?

कता हरायो स्याल ?

प्यूठान : मिर्मिरे बिहान र गोधूलि साँझमा कराउने स्याल हिजोआज देखिनै छाडेका छन्। जंगलबाट गाउँ पसेका स्यालहरूकै कारण गाउँघर गुञ्जायमान हुने गर्दथ्यो। जताततै पाइने स्याल अचेल देखिँदैनन्।

बढ्दो वन विनाश र विषादीको प्रयोगले उनीहरू लोप हुँदै गएका हुन्। तिनै स्यालको आवाजले गाउँ गुञ्जायमानसमेत हुने गर्दथ्यो। तर, यो सबै इतिहास जस्तै बनेको छ। लोपोन्मुख वन्यजन्तुको रूपमा स्याललाई लिन थालिएको छ। उनीहरूलाई हिजोआज भेटाउनसमेत मुस्किल परेको छ।

के खान्छ यसले ?

स्यालको मुख्य आहार कुखुराको मासु हो। गाउँघरमा पालिएका लोकल कुखुरालाई स्यालले खाने गथ्र्यो। पछिल्लो समय गाउँघरमा लोकल कुखुरा पाल्ने चलन विस्तारै हराउन थाल्यो। बोइलर कुखुराले गाउँघर छपक्कै ढाकेका छन्। एकै गाउँमा दर्जनौंभन्दा बढी संख्यामा बोइलर कुखुराका फर्महरू सञ्चालनमा छन्।

विषादीका कारण मरेका कुखुराहरू खोल्साखाल्सी र वनजंगलतिर फाल्ने चलन गाउँघरमा छ। हिजोआज गाउँमा स्याल कराउनै छाडेको झिमरुक गाउँपालिका— ४ बांगेमरोठका स्थानीय गोरबहादुर रोकाले सुनाए। ‘मेलापात जाँदा पनि स्याल कराउन छाडेका छन्’ उनले भने, ‘पहिले पहिले कुखुरा खाएर सताउथ्यो। अहिले देख्नै पाइँदैन।’

फाट्टफुट्ट बचेका स्यालहरूले ती मरेका कुखुरा खाने कारणले पनि केही बचेकाहरू समेत लामो समय टिक्न नसकेको विशेषज्ञहरू बताउँछन्। प्यूठानका धेरैजसो सामुदायिक वनजंगलहरूमा हिजोआज स्याल पाइनै छाडेका छन्। स्यालले गाउँघरमा स्थानीयले पालेका कुखुराहरू खोरबाटै चोरेर खाने गर्दा किसानहरू दिक्क हुने गर्दथे। कतिपय किसानहरूको स्याल नहुँदा कुखुरा खाने समस्याबाट मुक्त भए होलान्। तर, प्रजाति नै लोप हुन थालेपछि यस क्षेत्रमा कार्यरत अधिकारीहरू चिन्तित छन्। ‘प्रजाति नै लोप हुने अवस्था राम्रो होइन’, प्यूठानका डिभिजनल वन अधिकृत राजु क्षेत्री भन्छन्, ‘स्यालको व्यवस्थापनसहित संरक्षण गर्नु आवश्यक देखिएको छ।’

दिनानुदिन बढ्दो वन विनाश, डँढेलो र आहारामा विषादीको प्रयोगले स्यालहरू हराउँदै गएको उनको बुझाइ छ। प्रजाति लोप हुने अवस्थाले समाजमा दीर्घकालीन

असर पर्ने उनको धारणा छ। ‘यसले समग्र इको सिस्टमलाई नै असर गर्दछ’, उनले भने। कतिपय स्थानमा चितुवाले स्याललाई खाने हुँदा पनि उनीहरूको संख्यामा कमी हुँदै गएको छ। जिल्लामै एकिन तथ्यांक र अवस्था नभएपनि यस विषयमा थप योजना बनाएर स्यालहरूको विषयमा अध्ययन अनुसन्धान गर्ने सोच रहेको छ।

‘कस्तुरीको विषयमा त अध्ययन गर्दैछौँ’ उनले भने, ‘स्यालको वारेमा पनि केही योजना बनाउँछौँ।’ उनले वनजंगलमा स्यालहरू देखिएमा उनीहरूलाई अनुकुल वातावरण बनाउनतर्फ सवैलाई आग्रह गर्ने आफूहरूको योजना रहेको बताए। स्यालले कुखुरा खाएमा विष हालेर मार्ने चलन समेत गाउँघरमा रहेको छ। देशभर नै स्यालको संख्यामा कमी हुँदै गएको वन वातावरण क्षेत्रमा कार्यरत अधिकारीले बताए।

के हो स्याल ?

स्याल एक वन्यजन्तु हो। जुन साधारणतया अफ्रिका, एसिया र दक्षिण पूर्वी यूरोपमा पाइन्छ। यसको लामा खुट्टा हुन्छन्। ती लामा खुट्टाको सहायताले स्यालले साना साना प्राणीहरूको शिकार गर्ने गर्छन्। साथै ठूला खुट्टा र मजबुत तथा लचकदार हाडले बनेको शारीरिक संरचनाले गर्दा स्याल लामो दुरी सजिलै पार गर्ने वन्यजन्तु अन्तर्गत पर्छ। स्याल प्रति घण्टा १६ किमीका दरले दौडन सक्छ। यो जन्तु विशेषगरी मिर्मिरे बिहान र गोँधुली साँझमा सक्रिय हुने गर्छ।

स्यालहरू जोडीमा आ–आफ्नो छुट्टा छुट्टै क्षेत्रमा बस्ने गर्छन्। यिनीहरूले आ–आफ्नो क्षेत्रको सिमाना दिशा वा पिशाबको मद्दतले छुट्याउने गर्छन्। स्यालको बच्चा जन्मि ठूलो भएर आफ्नो क्षेत्र बनाई नबसेसम्म यिनीहरू आफ्नो आमाबाबुसँगै एउटै क्षेत्रमा बस्ने गर्छन्। स्यालहरू कहिलेकाहीँ झुण्डमा पनि बस्ने गर्छन्। तापनि स्यालले शिकार गर्दा भने एक्लै वा जोडीमा गर्ने गर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.