आन्दोलनरत विद्यार्थी र चितवन मेडिकल कलेजबीच सहमति
चितवन : आन्दोलनरत विद्यार्थी र चितवन मेडिकल कलेजबीच सहमति भएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको संयोजकत्वमा शनिबार दुबै पक्षबीच पाँच बुँदे सहमति भएको हो।
सरकारले तोकेको शूल्क कलेजले कायम गर्ने र सबै आन्दोलनका कार्यक्रम विद्यार्थीले स्थगित गर्नेगरी दुबै पक्षबीच सहमति भएको हो।
सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै यहाँका विद्यार्थी एक महिनादेखि आन्दोलित थिए । शनिबार १० बजेदेखि कलेज व्यवस्थापक, विद्यार्थी, अभिभावबीच भएको वार्ता साँझ ५ बजेतिर टुंगोमा पुगेको छ।