म्याग्दीमा बाढीले बगाएर दुई बालिका बेपत्ता
म्याग्दी : बेनी नगरपालिका २ बगरफाँटमा कोट खोलामा आएको बाढीले २ जना बेपत्ता भएका छन्। गएराति ११ गतेतिर आएको बाढीले एक नीजि विद्यालयको होस्टलमा बसेका १० वर्षीया सर्मिला परियार र ६ वर्षीका अनिस्का परियार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

विद्यालयबाट राति नै १२ जना विद्यार्थी र ५ जना शिक्षकलाई रातिनै प्रहरी टोलीले उद्दार गरेको छ। शर्माका अनुसार बाढीले बुद्द एकेडेमीको ६ वटा कक्षाकोठा र ५ वटा घरमा क्षति पुगेको छ । स्थानीय माया परियार, पार्वति परियार, रेशम जुग्जाली र सेते परियार घर पूर्ण रुपमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !