मधेस आन्दोलनका सहिद परिवार र घाइते भन्छन्, 'माग पूरा नगरे मधेसी दलविरुद्ध नै आन्दोलन गर्छौं'

मधेस आन्दोलनका सहिद परिवार र घाइते भन्छन्, 'माग पूरा नगरे मधेसी दलविरुद्ध नै आन्दोलन गर्छौं'

वीरगन्ज : मधेस आन्दोलनका शहिद परिवार र घाइतेहरुले मधेसी दल र प्रदेश २ को सरकार विरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। सोमबार वीरगन्जमा भेला भएका पर्सा, बारा, रौतहट र सर्लाहीका शहिद परिवार र घाइतेहरुले पत्रकार सम्मेलन गरेर मधेस आन्दोलनको मुद्धा सम्बोधन नभएको र आफुहरु पनि बिचल्लीमा परेको भन्दै आन्दोलनको चेतावनी दिएका हुन्। 

मधेस आन्दोलनका बेला नेताहरुले सत्तामा पुगेपछि शहिदका परिवार  र घाइतेलाई ५० लाख दिन्छौँ भनेर उक्साएर सडकमा गोली खान उतारेको तर अहिले सत्तामा पुगेपछि उनिहरुले आफनो वाचा बिर्सिएको शहिदका परिवार  र घाइतेहरुको गुनासो छ। 

शहिदका परिवारलाई १० लाख र घाइतेहरुलाई ३ लाख रुपैयाँ दिएर टारिएको तर भाषणका बेला दिने भनिएको ५० लाखको कुरा नेताहरुले अहिले सुन्नै नचाहेको उनिहरुले बताए।  

मधेस आन्दोलनका बेला पिठ्यु र छातीमा लागेको गोलीको खत देखाउँदै रौतहट गौरका लालबाबु पटेलले भन्छन्,‘मधेस आन्दोलनका बेला मधेसी दलका नेताले ५० लाख दिन्छु भनेर हामीलाई उक्साए तर अहिले चार किलो दुध दिने भैंसी दिएर टारिदिएका छन्।'   
घाउ निको नभएर राम्ररी हिँडडुल गर्न नसकेको दु:ख पोख्छन् उनी।

सत्तामा पुगेपछि मधेस आन्दोलनका मुद्धा बिर्सिएका मधेसी दलका नेताले शहिदका परिवार र घाइतेलाई पनि वेवास्ता गरेको भन्दै पटेल भन्छन्,‘जुन मुद्धाका लागि हामीले गोली खाएर रगत बगायौँ त्यो मुद्धा अहिले सत्तामा पुगेपछि नेताहरुले बिर्सिएका छन्, हाम्रो बलिदानी खेर गएको छ, अहिले पनि मधेसी दलका नेताले शहिद र घाइतेलाई भर्‍याङ बनाएर राजनीति गरिरहेका छन्। 

पहिलो मधेस आन्दोलन (२०६३-०६४) का क्रममा प्रहरीको गोली लागेर बायाँ खुट्टा गुमाएका पर्साको कालीकामाई गाँउपालिका १ का राजेश्वर साह कानु भन्छन् ,‘ गोली लागेर खुटटा काट्नु पर्यो, अहिले कृत्रिम खुट्टा लगाएको छु, यसको सोल फेर्न हरेक वर्ष २० हजार खर्च लाग्छ, नेताहरुले वास्ता नै गर्दैनन्, दाजुभाइले ऋण खाजेर खर्च गर्दै आएका छन्।' 

केहि शहिद परिवारका सदस्यलाई प्रदेश सरकारले कार्यालय सहायक (पियन) मा नियुक्त गरेर जुठा भाडा माझ्न र झाडु लगाउने काम गराएकाले यसले शहिद र शहिद परिवारको अपमान भएको पनि उनिहरुले बताएका छन्। 

'मेरो नाबालक छोरा गोली खाएर शहिद भयो , बदलामा मलाई पियनको जागिर, त्यो पनि करारमा दिने भनियो', मधेस आन्दोलनका शहिद चन्दन पटेलका बुबा अवधेश पटेलले भने, ‘शहिदको बलिदानीमा जागिर दिएर कार्यालयमा झाडु लगाउने र जुठो भाडा माझ्न लगाउने मधेसी नेताहरुको घटीया सोच देखेर मैले जागिर नै मागिनँ।'

मधेस आन्दोलनमा गोली लागेर ज्यान गुमाएका वीरगन्ज २२ जगरनाथपुरका शहिद दिलीप चौरसीयाका भाइ मुकेश चौरसीयालाई प्रदेश सरकारले गाँउकै स्वास्थ्य चौकीमा 'सिएमए' पदमा करारमा नियुक्त गरिएको पत्र दिएको छ। तर मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट भदौ ४ मै नियुक्ती पत्र पाएका मुकेशले अहिलेसम्म स्वास्थ्य चौकीमा जागिर पाएका छैनन्। 

प्रदेश सरकारले दिएको नियुक्ति पत्र नै गलत रहेको भन्दै सच्याएर ल्याउन महानगरपालिकाले जवाफ दिएपछि मुख्यमन्त्री कार्यालयमा एक महिनादेखि धाउँदा पनि कुनै सुनुवाइ नभएको शहिद दिलिपका भाइ मुकेशले बताए। 

मधेस आन्दोलनका शहिदका परिवार र घाइतेहरुले आन्दोलनका बेला मधेसी दलका नेताहरुले दिने भनेको ५० लाख रुपैयाँका लागि अब सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

उनीहरुले १५ दिनको अल्टिमेटम दिएर मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र त्यसपछि पनि आफुहरुको माग सम्बोधन नभए मधेसी दल र मुख्यमन्त्रीका विरुद्ध आठ वटै जिल्लामा आन्दोलन थाल्ने बताएका छन्। 
 
'सत्तामा पुगेपछि मधेसी नेताले मधेस बिर्सिएका छन्, त्यसमा दुख लागेको छ तर हामी नेता बन्न आन्दोलनमा गएका थिएनौँ, मधेसको हकअधिकारका लागि रगत बगाएका थियौं, त्यसैले अब हामीलाई मुद्धाको मतलब छैन', आन्दोलनमा पेटमा गोली लागेका बारा कलैया १२ शीतलपुरका जितेन्द्र यादवले भने,‘उबेला नेताहरुले दिने भनेको ५० लाखका लागि नै अब हामी सडक आन्दोलनमा उत्रिन्छौँ।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.