अरिंगाल पोल्न जाँदा खोलामा खसेर बेपत्ता
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मिस्त्रीखोलामा बुधबार साँझ एकजना वेपत्ता भएका छन् ।निलगिरि र रेले खोलाको दोभानको जंगलमा अरिंगाल पोल्न जाने क्रममा पर्वतको जलजला गाउँपालिका-५ शालीजाका भविन्द्र गर्बुजा मिस्त्रीखोलामा वेपत्ता भएका हुन् ।
जिसस सदस्य मेखबहादुर गर्बुजाका अनुसार मिस्त्रीखोलामा काठको फड्के पार गर्ने क्रममा खोलामा खसेका थिए । खोलामा राखिएको फड्के बगाएपछि फसेका तीनजनालाई नेपाली सेनाको श्रीबक्स गुल्मको नारच्याङ बेसक्याम्पका सैनिक र मिस्त्रीखोला जलविद्युत आयोजनाको सहयोगमा राति उद्दार गरिएको जिसस सदस्य गर्बुजाले बताए ।
वेपत्ता गर्बुजा निर्माणाधिन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको ठेकेदार कम्पनी हाइ हिमाल कन्ट्रक्सनका मजदुर हुन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !