बल्वको होल्डर फेर्न जाँदा करेन्ट लागेर मृत्यु
बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका-५ मल्कवाङका ५१ वर्षीय पदमबहादुर छन्त्यालको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । बिजुलीको पोलमा चढेको बेला आकस्मिक रुपमा विद्युत आपूर्ति हुँदा करेन्ट लागेर छन्त्यालको मृत्यु भएको बालकुमार सुनारले जानकारी दिए । बल्वको होल्डर फेर्नका लागि छन्त्यालको पोलमा चढ्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।
नन्दीवाङखोला लघुजलविद्युत परियोजनाको विद्युतगृहबाट भेडिखाल्टामा लागेको मेलाका लागि विद्युत छोड्ने क्रममा मल्कवाङमा समन्वय नहुँदा दुर्घटना भएको स्थानीयले बताएका छन् ।
इलाका प्रहरी कार्यालय दरवाङबाट साँझ मल्कवाङ पुगेको प्रहरी टोलीले पोलमै झुण्डिएको अवस्थामा रहेको छन्त्यालको शव निकालेर परीक्षणका लागि दरवाङ लगेको छ।
प्रतिक्रिया दिनुहोस !
३