धरौटीमा छुटे गौहत्या प्रकरणका आरोपी

धरौटीमा छुटे गौहत्या प्रकरणका आरोपी

सुर्खेत : गौहत्या प्रकरणका आरोपीलाई सुर्खेत जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।जिल्ला अदालत सुर्खेतमा शुक्रबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधिश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलाशले अभियुक्तलाई धरौटीमा छाड्न आदेश दिइएको हो।

गौहत्यामा संलग्न रहेको भन्दै सुर्खेत प्रहरीले पक्राउ गरेका १६ जनामध्ये १४ जनालाई धरौटीमा र दुईजनालाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको हो । गत भदौ १२ गते नेपालगंज उपमहानगरपालिकाले दैलेख पठाउने भनिएका गाई सुर्खेतमा भीरबाट खसालेर मारिएका थिए । 

अदालतको आदेशपछि पक्राउ परेकाहरु धरौटी बुझाएर शुक्रबार नै रिहा भएका छन् । गौहत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपालगञ्ज उपमहानगरका नगरप्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर बोगटी ४ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।

यस्तै गाईगोरु ओसार्न प्रयोग भएका ट्रकका मालिक चितवनस्थित गुड्स क्यारियर्सका संचालक सन्त्रीप्तसिंह श्रेष्ठलाई तीन लाख ५० हजार र नगरप्रहरी नेपालगंजका प्रहरी सहायक निरीक्षक विकास गौतमलाई २ लाख ५० हजार रुपैयाँ घरौटीमा छाड्न आदेश दिइएको हो ।

यस्तै अदालतले नगर प्रहरीका जवानहरु चन्द्रबहादुर राना, शुसान्त शाही, कमल वयक र सुवर्ण तारमी मगरलाई पनि जनही २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । नेपालगंज उपमहानगरपालिका फायरमेन कमल थापालाई १ लाख ५० हजार र नेपालगंज काञ्जिहाउसका सहयोगी धर्मेन्द्र नेपालीलाई १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । 

गाई ओसार्ने काममा प्रयोग भएका ट्रकका चालक शत्रुधन चौधरी, हिमबहादुर जिसी, दानबहादुर केसी, विवेक कुँवर र सागर विक पनि जनही एक÷एक लाख धरौटीमा रिहा भएका छन् ।

यस्तै ट्रकका सहचालक अमृत चौधरी र कृष्ण बहादुर विसीलाई भने अदालतले साधरण तारेखमा छोड्न आदेश दिएको हो । प्रहरीका अनुसार नेपालगंज काञ्जिहाउसका कर्मचारी पवन कानोडिया र राकेश भारती भने फरार छन् । 

उनीहरुविरुद्ध भने म्याद जारी गर्ने जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार भुपाल भण्डारीले जनाकारी दिए । अदालतको आदेशपछि १४ जनाले धरौटी बुझाएर छुटेका हुन् । गौहत्या प्रकरणमा सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता डम्बर काफ्ले र सहन्यायाधिवक्ता आरती चपाईले वहस गरेका थिए ।

यस्तै आरोपीको तर्फबाट बरिष्ठ अधिवक्ता गोविन्द बन्दी र प्रेमध्वज शाहीलगायत ११ जना वकिलले बहस गरेका थिए ।नेपालगंज उपमहानगरपालिकाले नगरभित्र रहेका छाडा गाई दैलेख लैजाने भन्दै ८ वटा ट्रकमा लोड गरेर सुर्खेतका विभिन्न जंगल र भीरमा छोडेको थियो ।

सुर्खेतमा छाडिएका दुई सय ९१ मध्ये ४० वटा गाई मरेका थिए । यस्तै दर्जनौ गाई घाइते भएका थिए । यही घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले पनि नेपालगंज उपमहानगरका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्न सिफारिस गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.