जनपथ माविमा अख्तियारको छानबिन

जनपथ माविमा अख्तियारको छानबिन

विराटनगर : विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थनपथ माविको भवन निर्माणको विषयमा अनुसन्धान सुरु गरेको छ। 

भवन निर्माणका लागि छुट्याएको रकम हिनामिना भएको भन्दै विराटनगर ११ को जनपथ माविका व्यवस्थापन समिति अध्यक्ष  भगवान थापामाथि अनुसन्धान सुरु गरेको हो। 

संघीय मामिला मन्त्रालयको मातहतमा रहेको तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत तीन कोठे भवन निर्माण गर्न पाएको ५१ लाखमा व्यापक हिनामिना भएको  भन्दै इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

थापाविरुद्ध भदौ ५ गते अख्तियारमा उजुरी परेको थियो। अघिल्लो आर्थिक वर्षमा विद्यालयमा संघीय  सरकारदेखि स्थानीय तह र प्रदेश सरकारले शैक्षिक स्तर विकास, भवन निर्माण, खानेपानीको व्यवस्था र पुस्तकालय स्थापनाको लागि रकम दिएको थियो । व्यवस्थापन समितिले नै विद्यालयमा आएको सबै रकमको काम गर्दा व्यापक अनियमिता गरेको उजुरीमा उल्लेख छ।  

विद्यालयका प्रचार्य हरि पराजुलीका अनुसार प्रदेश १ को समाजिक विकास मन्त्रालय अन्तर्गत खानेपानीको लागि ५ लाख , उद्योग पर्यटन वन तथा वतावरण मन्त्रालयबाट नमुना विज्ञान प्रयोगशाला  निर्माणको लागि ३ लाख,  विराटनगर महानगरपालिका शिक्षा शाखाबाट पुस्तकालय स्थापनाको लागि ६ लाख ५० हजार, शिक्षा महाशाखाबाट बालविकास पूर्वाधार विकास गर्न २ लाख, सांसद विकास कोषबाट विद्यालका केदार कार्कीले १ लाख ४० हजार  रकम विद्यालयको भैतिक निर्माणको लागि  आएको थियो। 

उता व्यवस्थापन समितिका अध्यक्ष थापाले आफू अनुकुल काम गरेर व्यापक हिनामिना गरेको उजुरीमा उल्लेख छ। भवन निर्माणको काम सुरु गर्दा अध्यक्षले आफूखुशी कोटेशनमा कमिशन पाउने ठेकेदारलाई काम गर्न  दिएको  बताइएको छ। 

अध्यक्ष थापाले वन कार्यालयबाट भवन निर्माणमा प्रयोग गर्नुपर्ने काठ लिए पनि १० लाखको प्रतिवेदन बनाएको आरोप छ। अध्यक्ष थापाले भने सबै रित पुर्याएर आएको बजेटले विद्यालयमा काम गरेको दाबी गरेका छन्। उनले कोटेशनमा काम दिँदासमेत पारदर्शी रुपमा  दिएको र विद्यालयको हितमा नै काम भएको दाबी गरेका छन्। 

यता अख्तियारले बिहीबार नै विराटनगर महानगरपालिको शिक्षा महाशाखामा पत्राचार गरेर हिनामिनाबारे जानकारी मागेको छ। नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले भने, ‘पत्र आएको छ, बुझेर १५ दिन भित्र जवाफ पठाउनु पर्नेछ।’ उनले अनुसन्धानपछि पत्रको आधारमा पत्र पठाउने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.