पुल अलपत्र छाड्ने ठेकेदारको धरौटी जफत

पुल अलपत्र छाड्ने ठेकेदारको धरौटी जफत

बेनी : पूर्वाधार विकास कार्यालय म्याग्दीले मोटर चल्ने पुल अलपत्र पार्ने ठेकेदारको जमानत जफत गरेको छ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको-४ र ५ नम्बर वडा सीमानामा एक्लेभट्टीस्थित कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुलका ठेकेदारसँगको सम्झौता तोड्ने प्रक्रिया सुरु गरेको हो।

इलाइट-शंकर-माली जेभीले मोबिलाइजेसनवापत लिएको एक करोड ७१ लाख रुपैयाँ जमानत बसेको नेपाल बङगलादेश बैङ्कमार्फत राज्य कोषमा फिर्ता गराएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर ओमराज ढुंगानाले बताए। ‘पटक-पटक म्याद थप गर्दासमेत उपकरण र जनशक्ति परिचालन गर्न सकेन,’ ढुंगानाले भने ‘मोबिलाइजेसनवापत लिएको रकम फिर्ता गरेर ठेक्का तोड्ने प्रत्रिया अघि बढाइएको हो।’

सम्झौता अनुसार २०७५ असार ३२ मा पुल निर्माण सकिनुपर्ने थियो। २५ प्रतिशत भौतिक प्रगति भएको छ। तत्कालीन जिविस मुस्ताङले २०७२ असारमा भ्याटसहित ११ करोड ७५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। ठेकेदारले मोबिलाइजेसनबाहेक २ करोड २१ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ। एकसय २० मिटर लामो र ७ दशमलव २ मिटर चौडा पुल अलपत्र परेको छ। गत चैतमा पूर्वाधार विकास कार्यालयलाई यो आयोजना हस्तान्तरण भएको थियो। हस्तान्तरणअघि नै जिविसले दुईपटक सम्झौताको म्याद थपिसकेको थियो।

तीनवटा पिल्लर बनाउनुपर्नेमा हालसम्म एउटाको मात्र पूरा र बीचको आधा पिल्लर बनाएको छ। एक्लेभट्टीतर्फको पिल्लर बनाउने काम सुरु गरेको छैन। डोल्पा जोड्ने सडकमा बन्न लागेको पुल अलपत्र परेको वडा सदस्य रिनजीन गुरुङले बताए।

एक्लेभट्टी, ताङतिङ, साङता, फलेका र ढागारजुङका बासिन्दाले पुल निर्माणलाई गति दिन दवाव दिँदै आएका छन्। पछिल्लोपटक पूर्वाधार विकास कार्यालयले साउन २६ गते उपकरण, मजदुर परिचालन र निर्माण सामग्री जुटाउन ठेकेदारलाई पत्राचार गरेको थियो। त्यसलगत्तै साउन ३१ गते इमेलमार्फत् काम सुरु भएको जानकारी गराएको ठेकेदारले त्यसको भोलिपल्टै स्थानीयले अवरोध गरेको भन्दै अर्को काम रोक्यो। जिल्ला प्रशासन कार्यालय मुस्ताङ र प्रहरी कार्यालयको टोली घटनास्थल पुग्दा ठेकेदारले दिएको सूचना भन्दा फरक अवस्था देखिएपछि कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाएको हो।

स्थानीयका अवरोध नभएको र कार्यक्षेत्रमा मजदुर, उपकरण र निर्माण सामग्री नदेखिएको अनुगमनमा पाइएको थियो। ठेक्का तोड्ने प्रत्रिया सुरु गरेपछि ठेकेदारले असोज १ गते सर्वोच्च अदालतमा कार्यालय र नेपाल बंगलादेश बैंकलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको छ। ६ गते छलफलमा बोलाएको अदालतले पेशी स्थगित गर्दै असोज २८ गते बोलाएको छ। निर्माण कम्पनीका प्रतिनिधिले भने गलत डिजाइनका कारण पुल निर्माणमा प्राविधिक समस्या भएको बताउँदै आएका थिए। पुल विभागको प्राविधिक टोलीले डिजाइन अध्ययन गर्दा कुनै कमजोरी नभएको प्रतिवेदन दिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.