दसैंको गरगहना बजार

दसैंको गरगहना बजार

दसैं नजिकिएसँगै बजारमा किलमेल गर्नेको भीड छ। लत्ताकपडा, जुत्ता, घरायसी सरसामानलगायत दसैंमा गरगहना जोड्ने धैरेको इच्छा हुन्छ। सुन, चाँदी, हिरामोतीका गहना नेपाली समाजमा निकै प्रचलित छ। कुनै समय विवाह र विशेष समारोहमा उपस्थित हुन लगाइने यस्ता गहना पछिल्लो समय मानिसको जीवनशैलीको अभिन्न अंगजस्तै बनेको छ।

गहनालाई धनसम्पत्ति सञ्चयको राम्रो माध्यम ठानिन्छ। सौन्दर्य निखार्ने हुँदा विशेषत महिला गरगहनालाई दैनिक प्रयोगमा ल्याउँछन्। समयसँगै नयाँ डिजाइन र सुपथ मूल्यका गहना बनाउन सकिने भएपछि गरगहनाप्रतिको आकर्षण झनै बढेको छ।

बजारमा अहिले सुनका नेकलेस, पोते, टप, चुरा, औंठी, पेन्डेनको खरिदबिक्रीसमेत बढेको छ। केही समयअघि सुनको मूल्य आकासिँदा गरगहना किन्नेको संख्या घटेको थियो। अहिले बजार फेरि पुरानै अवस्थामा फर्किएको छ। चाडपर्वको सिजन भएकाले न्युरोड, विशाल बजार, पुल्चोकजस्ता स्थानमा रहेका गहना पसल मानिसको भीडले भरिएको छ।

गहनाको परम्परा पौराणिक कालदेखि नै छ। त्यसमाथि सुनचाँदीबाट बनेका गहना शुद्ध मानिन्छ। आधुनिक समयमा प्लेटेड र फेन्सी एसेसरिज प्रचलनमा रहे पनि सुनचाँदी, हिराको डिमान्डमा कुनै कमी आएको छैन।

दश वर्षअघि २४ क्यारेटको सुनमा रसायन प्रयोग बढी हुन्थ्यो। यस्तो सुन प्रयोगबाट ग्राहकले घाटा व्यहोर्नु पथ्र्यो। अहिले रसायन प्रयोग नगरिएका सुनका गहना बजारमा उपलब्ध छन्। केही समयअघि विवाह बन्धनमा बाधिँएकी शुशीला बस्नेत सोह्र सिंगारका लागि सुन तथा हिराका गहना उपयुक्त भएको बताउँछिन्। सुनका गहनामा २४ क्यारेटकै सुन पाउन गाह्रो हुन्छ। यसका लागि हातले बनाइएका भन्दा मेसिनबाट बनेका गहना बढी शुद्ध र रसायनमुक्त हुने उनको विश्वास छ। यसैगरी २२ क्यारेटका सुनका गहनामा महिलाको आकर्षण बढ्दो छ। यसबाट कुनै पनि शैलीका गहना बनाउन सकिन्छ।

सुनका गरगहनामा केही वर्षदेखि नेपाली मौलिक गहनाको डिमान्ड बढ्दो छ। जसमा जन्तर, तिलहरी, नौगेडी, पर्छन्। आधुनिक गहनामा क्रिस्टल माला, सिक्री, लकेट, ब्रासलेट आदि पर्छन्। यसका साथै चोकर, रानीहार, चन्द्रमा, मंगलसूत्र, नत्थी, फूली, मारवाडी बढी खरिदबिक्री हुने गर्छन्।

सुनका गहनामा चन्द्रमा, बुंगो चुरा, सिक्री, असर्फीका आंैठी, कानमा लगाउने टप तथा झुम्का सबैभन्दा बढी खरिदबिक्री हुने गरेका छन्। यी शैलीका गहनाप्रतिको आकर्षण नक्कली सुनमा पनि देखिन्छ।

समय परिवर्तन भए पनि गहनाको महत्र्व कहिल्यै कम भएको छैन। आधुनिक युगमा गहनाको स्वरूप अझै परिमार्जित हुँदै गएको छ।

बजारमा परम्परागत तथा आधुनिक गहना दुवैको ट्रेन्ड छ। सुन चाँदी र हिराले बनेका मौलिक गरगहना फेसन बनेको छ। गहनालाई फेसनको रूपमा अपनाउनेमा प्राय महिला पर्छन्।

बजारमा परम्परागत गहनाको आकर्षण बढेकाले जन्तरजस्ता गहनाको डिमान्ड एक समय निकै चल्यो। जन्तर कम तौलमा ठूलो आकारमा बनाउन मिल्छ। ४ आनादेखि १ तोलासम्म बनाउन मिल्छ। जुनसुकै चाडपर्व, विशेष समारोहमा नेपाली दिदीबहिनी यो गहनामा सजिएको देखिन्थ्यो। हाल यसको ठाउँमा तिलहरी फेसनमा छ। मोटो आकारको ठूलो झुप्पा पोतेले भरिएको तिलहरीको बजारमा विशेष डिमान्ड छ।

गहनाको फेसन छिटोछिटो परिवर्तन हुन थालेकाले जन्तर छड्के तिलहरी, चन्द्रमा, चुराभन्दा पनि कंगन र मोटो तिलहरी बढी रुचाइन थालिएको छ। मौलिक र जातिय गहनामा नेवारी गहनाका तायो, हंसुली, कडा पनि फेसनका गहनामा पर्छन्।

सुनका गरगहाना मात्र बनाउन चाहने नेपाली पछिल्लो समय हिराका गहनातर्फ पनि उत्तिकै आकर्षित भएका छन्। क्लासिक ज्वेलरका म्यानेजर रिमोन महर्जनका अनुसार आजभोलि थोरै पैसामा हिराका सुन्दर गहना बनाउन सकिन्छ। रिमोन भन्छन्, ‘हिराका गहना निकै महँगो सोचिन्छ तर त्यसो होइन। ग्राहकले आफ्नै डिजाइनमा कम मूल्यमा गहना बनाउन सक्छन्।’ हातमा लगाउने औंठी, कानको झुम्का, नेक्लेस सुनकै भाउमा बनाउन सकिने उनी बताउँछन्।

दसैं नजिकिएसँगै विभिन्न गहना पसलले विशेष उपहारसहित छुट अफरसमेत चलाउने भएका छन्। क्लासिक ज्वेलरले पनि आफ्ना ग्राहकका लागि विशेष छुटको व्यवस्था गर्ने रिमोन बताउँछन्।

चलेको गहनामा रामलीला पनि हो। ठुल्ठूला गहना लगाउने फेसनप्रति ग्राहकको आकर्षण बढ्दो छ। बलिउड चलचित्र रामलीलामा नायिकाले लगाएजस्तो गहनालाई उक्त चलचित्रकै नामबाट चिनिन्छ। मारवाडीको चलन पनि बढेको छ भने पुरानो डिजाइनको गहना पिन्जडासमेत मागमा छन्। नेपाली बजारमा अन्तर्राष्ट्रियस्तरका गहना पनि उपलब्ध छन्। जस्तै हङकङ डिजाइनका फेन्सी नेकलेस तथा बल चेन नेपालमा डिमान्डमा छन्।

बल चेन मेसिनबाट बनेको सुनको आकर्षक गहना हो। भारतको दिल्लीबाट आयात गरिने यो गहना २२ क्यारेटको हुन्छ जुन आधादेखि १ तोलासम्म तयार गराउन सकिन्छ। घाँटीमा लगाइने यस्तो चेन विवाहित तथा अविवाहित दुवैले प्रयोग गर्न सक्छन्। दैनिक प्रयोग गर्न सकिने यो गहना अहिले महिलाको आकर्षणमा परेको प्रमुख गहनाहरूमध्येको एक हो। यसैगरी फेन्सी नेकलेस पनि ट्रेन्डमा आएको अर्को फेसनेबल गहना हो। यो गहना एक तोला सुनमा मात्र पनि बनाउन सकिन्छ। यस्तो गहना पार्टी, पर्व वा विशेष समारोहमा मात्र लगाइन्छ। डाइमन्ड सेट उच्च घरनाका महिलाले लगाउने गरेका छन्। चोकर फेसनबाट हराउँदै गएको गहना हो। जुन गहना बढी चल्तीमा छ आममहिला त्यतै आकर्षित हुन्छन्। त्यसैले पनि अहिले चोकरको माग घटेको छ। यो वर्षको चाडपर्वमा सबैभन्दा बढी सिक्री, चुरा तथा टप बिक्री भइरहेको ज्वेलरी सञ्चालक बताउँछन्।

सुनचाँदीका गहना किन्दा वा बिक्री गर्दा ग्राहकले ध्यान नपु¥याउँदा ठगिने सम्भावना पनि उत्तिकै हुन्छ। तर गरगहनाको राम्रो पहिचान राख्नसके यसको दिर्घकालिन फाइदा ग्राहकलाई नै हुन्छ।

नेपालमा मुख्यतया न्युरोडका सुनचाँदी तथा हिराका ज्वेलरीसपमा विश्व बजारमा चलेका गरगहनाका सेट पाइन्छ। जस्तोसुकै स्टाइलका गहना बनाउन सक्ने कालिगढ भएका कारण ग्राहक नयाँ तथा फेन्सी गरगहनाका लागि न्युरोड धाउने गर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.