प्रेम र आर्थिक लेनदेनमा कुरा नमिलेपछि हत्या

प्रेम र आर्थिक लेनदेनमा कुरा नमिलेपछि हत्या

फिदिम : माइक्रो फाइनान्सको किस्ता तिर्ने मिति नजिकिदै थियो । तर, पाँचथरको हिलिहाङ ६ का १९ वर्षीय घनेन्द्र लावती र उनको परिवारसँग किस्ता तिर्ने रकम जुटेको थिएन । रकम अभावमा उनी र उनको परिवार निकै छटपटिएको थियो । 

मंगलबार गाउँमा एनएमबी माइक्रो फाइनान्सको लगानी भएका दुईवटा समूहको फाइनान्सले बैठक बोलाएको थियो । उक्त बैठकमा एनएमबी माइक्रो फाइनान्स गोपेटार शाखाकी कर्मचारी सुजता तामाङ रकम संकलनका लागि गएकी थिइन् । समूहबाट उनले रकम संकलन गरेर कार्यालय फर्कदै गर्दा उनको हत्या भयो । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार रकम बोकेर कार्यालय फर्कने क्रममा हिलिहाङ ६ स्थित जंगलको बीचमा पर्ने एउटा खोल्सामा उनको हत्या भएको थियो ।

हत्यापछि उनीसँग भएको ८१ हजार ७० रुपैयाँ लुटिएको थियो । सुजताले रकम बोकेर कार्यालय फर्कदै गरेको थाहा पाएका लावतीले रकम लुट्ने उद्देश्यले धारिलो हतियार बोकेर बाटो ढुकेको खुल्नमा आएको छ । 'रकमकै लागि सुजताको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,' कुँवर भन्छन्, 'सुजताले रकम बोकेको लावतीले थाहा नपाएको भए उनको हत्या नहुन सक्थ्यो ।'

बैशाख २९ गते  हिलिहाङ ४ कात्तिकेकी १५ वर्षीय किशोरी सीतल योङहाङको धारिलो हतियार प्रयोग गरी हत्या भयो । हत्यामा संलग्न फाग्गुनन्द गाउँपालिकाका पदम तामाङलाई २० दिनपछि प्रहरीले झापाको दमकबाट पक्राउ गरेको थियो । पक्राउ परेपछि प्रहरीसँगको बयानमा तामाङले प्रेममा धोका खाएपछि सीतलको हत्या गरेको बताएका थिए ।

'प्रेममा खटपट भएपछि पदम तामाङले सीतलको हत्या गर्ने योजना बनाएको पाइयो,' कुँवर भन्छन्, 'हत्या हुनुभन्दा एक महिना अघिदेखि सीतल र पदमको प्रेममा खटपट सुरु भएको रहेछ । उनीहरु एक महिना अघिदेखि सम्पर्कबिहीन भएका रहेछन् ।'

जेठ ६ गते राति मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा एउटै परिवारका नाताभित्रका ९जनाको कारुणिक हत्या भयो । बमबहादुर फियाकका छोरी ज्वाई र नातिनीहरुको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । प्रहरीको अनुसन्धानले फियाककै कान्छा ज्वाँइ मानबहादुर माखिमले ९ जनाको हत्या गरेको पुष्टि गरेको छ ।

अनुसन्धानको क्रममा ससुरा बमबहादुर र कान्छा ज्वाइँ मानबहादुरबीच आर्थिक लेनदेनमा कुरा नमिलेपछि किचलो सुरु भएको खुल्नमा आएको थियो । ससूरा बमबहादुरले मानबहादुरलाई विदेश जान दिएको रकम ज्वाइँ मनबहादुरले सहज रुपमा फिर्ता नगरेपछि ससूरा ज्वाइँको परिवारमा तित्तता बढेको पाइएको प्रहरीले जनाएको छ ।

'आर्थिक किचलोकै कारण ससूरा ज्वाइँको परिवारमा किचलो सुरु भएको पाइयो,' पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तिले भने, 'द्वन्द्व बढ्दै मानबहादुरकी श्रीमती मनकुमारी फियाकले सम्बन्ध विच्छेदको मुद्धा अदालतमा दर्ता गरेको पाइयो । उक्त हत्याकाण्डमा अन्य प्रमाण फेला नपरेमा रकम कारण ससूराली र श्रीमतीसँगको प्रेमिल सम्बन्ध बिग्रिपछि माखिमले हत्याकाण्ड मच्चाएको देखिएको छ । 

जिल्लामा घटेका तीनवटा हत्या अनुसन्धानबाट अधुरो प्रेम र रकमका कारण हत्या भएको पाइएको हो । हत्यामा संलग्नहरुको बयानको आधारमा उक्त कुरा पुष्टि भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.