पाँच किलो अवैध सुनसहित एक पक्राउ
खाँदबरी : संखुवासभामा पाँच किलो सुन र नगद ३८ हजार ८९ रुपैयाँ सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
भोटखोला गाउँपालिका–२ लिङ्गमबाट प्रहरीले खाँदबारी नगरपालिका–१ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई प्रहरीले पक्राउ गरेको हो । चेपुवा प्रहरीको प्रहरी टोलीले चेकजाँचको क्रममा भोटेलाई नगद र अवैध सुनसहित पक्राउ गरेको हो ।
पक्राउ परेको वस्तुका बारेमा सम्पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी मिमबहादुर लामाले बताए । चीनसँगको सीमा किमाथाङ्का नाकामा प्रशासनको प्रभावकारी उपस्थिति नहुँदा कानून पालनमा कमजोरी हुने गरेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !