पाँच किलो सुनसहित पक्राउपरेका सार्वजनिक

पाँच किलो सुनसहित पक्राउपरेका सार्वजनिक

खाँदबरी : भोटखोला गाउँपालिका–५ मा पाँच किलो सुन र नगदसहित सोमबार पक्राउ परेका तोप्चेन भोटेलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले बुधबार सार्वजिनक गरेको छ । २६ वर्षीय तोप्चेनलाई ३ करोड ७ हजार ५ सय मुल्य बराबरको सुन र नगद ३८ हजार ८९ रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी डिएपी प्रमुख मीमबहादुर लामाले जानकारी गराए । 

जिल्लाप्रहरी कार्यालयमा पत्रकार सम्मेलन मार्फत अवैधरुपमा चीनबाट किमाथांका नाका हुँदै सुन खाँदबारी ल्याउने क्रममा सुराकीको आधारमा पक्राउ गरिएको प्रहरी प्रमुख लामाले बताए । मकालु गाउँपाकिला–४ घर भएका शेर्पाले चीनबाट भन्सार चोरी पैठारी गरी अवैध रुपमा रिदाकको बाटो हुँदै सुन खाँदबारी ल्याउन लागिएको थियो । प्रहरीले भोटखोला–२, घट्टेखोलाबाट शेर्पालाई पक्राउ गरेको हो । शेर्पाले शोलामा माथि विस्कुट, छुर्पी तथा चकलेट राखेको र त्यसभित्रको गोजीमा लुकाएर राखेको पाँच थान टिल सुन चेपुवा प्रहरी चौकी चेपुवाको प्रहरीले खानतलासी गर्दा फेलापरोको थियो ।  

पक्राउ परेका तोप्चेनलाई बरामद सुनसहित थप कानूनी प्रक्रिया अघि बढाउन राजश्व अनुसन्धान विभाग सरिहर भावन ललितपुर पाठाइने प्रहरी प्रमुख लामाले जानकारी गराए । भोटे यस अघिबाट चोरी पैठारीको गटनामा संलग्न रहेको प्रहरी अनुसान्धमा खुलेको छ । सांगठनिक गिरोह नै संलग्न रहेकाले यस घटनामा अन्य व्यक्तिहरुसमेत संलग्न रहेको प्ररम्भिक अनुसन्धानका क्रममा खुलेको प्रमुख लामाले बताए । यस घटनामा संलग्न अन्यको पनि खोजी भइरहको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.