रुपन्देही गोलीकाण्ड : एक अभियुक्त पक्राउ
![रुपन्देही गोलीकाण्ड : एक अभियुक्त पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/gun-shoot-one-killed_20191017040502_jeYJWpevlS.jpg)
भैरहवा : रुपन्देहीको बैकुण्ठपुरमा गत भदौ २९ गते ३५ वर्षीय महेन्द्र कुर्मी को गोली हानी हत्या गरिएको थियो । सोही घटनाका एक अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।
गत भदौ २९ गते ३५ वर्षीय महेन्द्र कुर्मी श्रीमती र छोरासहित भैरहवाको एक बैंकबाट रकम झिकेर मोटरसाइकलमा घर फर्किँदै गर्दा मोटरसाइकलमै आएका दुई युवाले गोली हानी उनको हत्या गरेका थिए। ती युवा कुर्मीसँग रहेको पैसा लुटेर फरार भएका थिए। तर, उनीहरुको हुलियाको सिसिटिभी फुटेजमा कैद भएको थियो। सोही आधारमा नै उनलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ ।
‘घटनापश्चात नै प्रहरीको एक टोली अभियुक्तको खोजीमा खटिएको थियो’, उच्च प्रहरी स्रोतले भन्यो, ‘दुई अभियुक्तमध्ये एकलाई पक्राउ गर्न सफल भएका छौँ।’पक्राउ परेका अभियुक्त भारतीय नागरिक रहेको बुझिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)