सुगम बन्दै दुर्गम गाउँ

सुगम बन्दै दुर्गम गाउँ

मराङ(म्याग्दी) : धवलागिरी गाउँपालिका ६ मराङका चन्द्रबहादुर पुन एकै दिनमा सदरमुकाम बेनी पुगेर काम सरेर बेलुकी घर फर्कन पाउँदा खुसीले गद‍्गद्‍ भए। 'सडक र गाडीको सुबिधा नहुँदा कामविशेषले बेनी जान र आउन कम्तिमा दुई दिन लाग्दथ्यो,' पुनले भने, 'मोटरबाटो आएपछि एकै दिनमा बेनी गएर काम सकेर साँझ घरै फर्कन्छौ ।'
 
म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मराङ सडक सञ्जालमा जोडिएपछि यात्रा अवधि छोटिनुका साथै ढुवानी भाडा घटेको छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि मराङ जोड्ने सडक सञ्चालन भएपछि तीन घण्टाको बाटो एक घण्टामा छोटिएको स्थानीय श्रीप्रसाद गर्बुजाले बताए । 

'दरवाङदेखि खच्चर र भरियामार्फत प्रतिकिलो दश रुपैयाँ ढुवानी भाडा लाग्दथ्यो,' गर्बुजाले भने, 'यातायातका साधन सञ्चालन हुन थालेपछि प्रतिकिलो दुई रुपैयाँमा ढुवानी हुन थालेको छ ।'
 
दैनिक ४ वटा बस र दश वटा जीप चल्ने बेनी-मराङ सडकमा प्रतियात्रु ४४० र दरवाङ-मराङलाई २२० रुपैयाँ भाडा तोकिएको छ । सात वर्षअघि मालिका गाउँपालिकाको बिममा पर्ने लुरवाङदेखि मराङ जोड्ने सडक निर्माण सुरु भएको थियो । मराङ खोलाको किनारै किनार बेशी गाउँसम्म जोडिएको सडक अन्य बस्तीमा पनि विस्तार भएको छ ।  

लुरवाङदेखि अर्गला बेशी हुँदै मराङको कुम्रिस्थित स्वास्थ्य चौकीसम्म ९ किलोमिटर र बेशीदेखि आरवाङ हुँदै मल्कवाङको कान्चे सम्म ८ किलोमिटर सडकको ट्याक खुलेको वडा अध्यक्ष राजाराम सुवेदीले बताए। 

'मराङ, मल्कवाङ, खिवाङ र रघुगंगा गाउँपालिकाको कुइनेका करिब तीन हजार घरधुरी लाभान्वित भएका छन्,' उनले भने 'पहाडमा करिब दश मिटर ट्याक खोल्न बाँकी भएपनि तिन ठाउँमा डाइभर्सन बनाएर सवारी सञ्चालन गरिएको हो।'

तत्कालीन जिविस, बिम र मराङ गाविस, सांसद विकास कोष, धवलागिरी गाउँपालिका र पूर्वाधार विकास कार्यालय, प्रवासी, स्थानीयबासी, वन समूह, आमा समूह र व्यक्तिको छ करोड ४६ लाख ५१ ह्जार ५६० रुपैयाँ लगानी भएको सडक उपभोक्ता समितिका पूर्व अध्यक्ष अमर पुनले बताए।  

कान्चेभिर पुगेको सडकलाई विस्तार गरेर मल्कवाङ हुँदै पाखापानी र कुम्रिमा पुगेको सडकलाई ठूलोगाउँ, राम्चे, बुल, मलम्पार, मल्कवाङ जोडेर चक्रपथ बनाइने प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापाले बताए। 

'पूर्वाधार विकास कार्यालयले अर्गाला-बेशी खण्डका भीरमा बाँकी ट्याक खोल्न र मल्कवाङमा जोड्न यस वर्ष डेढ करोड बिनियोजन गरेको छ । कुम्रिदेखि ठूलोगाउँ, राम्चे, बुल मलम्पार जोड्ने सडकलाई गाउँपालिकाले २५ लाख छुट्टाएको अध्यक्ष थमसरा पुनले बताइन्। 

'प्रदेश सरकारमार्फत अर्गलास्थित मराङ खोलामा मोटरेबल पुल निर्माण हुन लागेको छ,' अध्यक्ष पुनले भनिन्, 'अर्गाला र बेशीको बीचमा रहेको भीरमा यस वर्ष ट्याक खुलेर नियमित गाडी चल्ने बनाउछौँ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.