सिमानाका सुरक्षा गार्ड चौरी गोठाला

सिमानाका सुरक्षा गार्ड चौरी गोठाला

फिदिम : गोठाला नै सिमानाका सुरक्षा गार्ड भन्दा पत्याउन मुस्किल पर्छ । तर, भारतसँग सिमाना जोडिएको उच्च पहाडको  सीमा सुरक्षाका लागि चौरी गोठाला नै खटिएका छन्। राज्यको उपस्थिति नभएकाले सिमानाको सुरक्षा गोठालामै निर्भर छ । भौगोलिक विकटताको कारण देखाउँदै उच्च पहाडका सिमाक्षेत्रमा राज्यको उपस्थिति हुन सकेको छैन् । सिमा सुरक्षामा राज्यले ध्यान नदिएको ठहर गर्दै यस क्षेत्रका गोठाला नै सुरक्षा गार्डको रुपमा खटिएका छन् ।

  
पाँचथरको याङवरक र फालेलुङ गाउँपालिकाको सिमाना भारतको सिक्‍किम र वेष्ट बंगालसँग जोडिएको छ । तिम्बुपोखरीदेखि फालोट हुँदै इलामको सन्दकपुरसम्मको २४.८ किलोमिटर दूरी भारतसँग पाँचथरको सीमा जोडिएको छ ।  यो क्षेत्रको सुरक्षाका लागि चौरीपालक किसान खटिएका छन् । छिमेकी मुलकसँग सिमाना जोडिएको इलाम र ताप्लेजुङको सीमा क्षेत्रमा पनि राज्यको उपस्थिति शून्य छ । 'सीमा सुरक्षामा राज्यको उपस्थिति देखिएको छैन, 'चौरीपालक किसान चन्द्रलाल नेपालले भने, 'हामीगोठाला नै सुरक्षा गार्डको रुपमा खटिएका छौँ।' 

सिक्‍किम सरकारले निर्माण गरेको होटल। तस्बिर : भीम बाँस्कोटा

राज्यको उपस्थिति नभएपछि गोठाहरु नै सिमानाको सुरक्षामा खटिन बाध्य भएका हुन्। भारतले हरेक सात किलोमिटरको दूरीमा सुरक्षा फोर्स खडा गरेको छ । सीमा क्षेत्रमा भारतले एकलौटीरुपमा रजाई गर्न थालेपछि गोठाला नै सुरक्षा गार्डको रुपमा खटिनु परेको समर्जुङका रमेश राईले बताए । 'हाम्रो क्षमताले भ्याएसम्म सुरक्षामा खटिएका छौँ,' राईले भने,'देशको मायाले गर्दा गोठाला र वन उपभोक्ता समितिहरु संगठित भएर सुरक्षामा खटिएका छौँ।'

पाँचथरको फालोट, भारतको सिक्‍कम र वेष्ट बंगालको सिमानामा (तीन सिमाना) रहेको १ नम्बर जंगे पिलर । तस्बिर : भीमकुमार बाँस्कोटा 

सिमास्तम्भ, वन्यजन्तु र  जडिबुटिको सुरक्षाका लागि गोठाला खटिने गरेका हुन् । सिमाना मिचेर भारतीय सेनाले संरचना बनाउन खोजे गोठालाले रोक्ने गर्छन्। 'भारतीय सेनाले चारराते क्षेत्रमा सिमाना मिचेर संरचना बनाउन खोज्दा हामीले अवरोध गरेका छौँ,' नेपालले भने, 'यस्तो कुरामा नेपाल सरकार बेखबर छ । हामी पनि सचेत नहुने हो भने यस क्षेत्रका सिमास्तभ नै गायब हुन्छन् ।'

फालेलुङ र याङवरक गाउँपालिकामा गरी दुईवटा बोर्डर अब्जर पोष्ट (बीओपी) राख्ने तयारी भइरहेको बताइएको छ । बीओपीका लागि याङवरक २ तीनजुरेमा पाँच रोपनी जमिन गाउँपालिकाले तयार गरेको छ ।'पालिकाले पूर्वाधार व्यवस्था गरिरहेको छ,' पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले भने, 'तर, कामले अपेक्षित गति लिएको छैन ।'  जिल्ला सुरक्षा समितिबाट निर्णय गरे बीओपी राख्ने तयारी भएपनि कामले पूर्णाता पाएको छैन ।'काम ढिलो भएपनि प्रक्रिया जारी छ,' वस्तीले भने, 'ढिलै भएपनि सीमाक्षेत्रमा राज्यको उपस्थिति हुन्छ ।' सीमा क्षेत्रको सुरक्षका लागि पूर्वाधार निर्माणमा कठिनाई र प्रहरीले गम्भीरताका साथ नलिएकाले गोठाला नै सीमाक्षेत्रमा खटिनु परेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.