अवैध उत्खनन्ले पुल जोखिममा
विराटनगर : केसलिया खोलामाथिको पक्की पुल जोखिममा परेको छ। पुल जोखिममा पर्नेगरी अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले आठवटा टिपर र एउटा स्काभेरलाई नियन्त्रणमा लिएको छ।
विराटनगर महानगरपालिका ४ इक्राही र सुनसरीको दुहवी नगरपालिका १२ बुकडोरीको सिमाना भएर बग्ने उक्त खोलाको पुललाई असर गर्ने गरीको उत्खनन्मा प्रयोग गरिएका साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको हो ।
पुलबाट पाँच सय मिटर वरपर उत्खनन् गर्न नपाइने मापदण्ड छ । तर पुलबाट तीन सय मिटर आसपासमै गहिरा खाल्डा बनाएर उत्खनन् गर्ने गरिएका कारण कारबाही सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ । दैनिक रुपमा हुने मापदण्ड विपरितको उत्खनन्का कारण पुल जोखिममा परेको गुनासो स्थानीय बासिन्दाबाट आएपछि मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठको नेत्रृत्वमा टोली उत्खनन् स्थलमा पुगेको थियो ।
प्रहरी टोलीले बा १ क ४९६२ नम्बरको स्काभेटर र को १ ख ५७०९, ना १ क ६२७१, ना १ क ६२६७, ना १ क ६२७०, को १ क २३७२, ना १ क ६२६९, ना १ क ६२६८ र ना १ क ६२६६ नम्बरको टिपर नियन्त्रणमा लिएको हो । टिपर र स्काभेटरका चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।_20191022083450.jpg)
डीएसपी श्रेष्ठले खोला किनारमा ठूला-ठूला खाल्डा बनाएर उत्खनन् गरिरहेको अवस्थामा प्राविधिकसँग समन्वय गरेर नै स्काभेटर र टिपर नियन्त्रणमा लिइएको बताए । उनकाअनुसार स्काभेटरले माटो उत्खनन् गरेर लोड गरेपछि टिपरको प्रयोग गर्दै ओसार्ने गरिएको पाइयो । टिपर अवैध रुपमा उत्खनन गरिएको माटो लोड गरिएको अवस्थामा केसेलिया खोला किनार र बाटोबाट पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए ।
प्रहरीले नियन्त्रणमा लिइएका सवारी साधन इटहरीस्थित 'कान्छाराम कन्सट्रक्सन कम्पनी प्रालि' को रहेको खुलेको छ । अवैध रुपमा माटो तस्करी गर्नेहरुले खोला किनारमा करिब १० देखि १३ मिटरसम्म गहिरा खाल्डा बनाएर उत्खनन् गरेर बिक्री गर्ने गरेको पाइएको श्रेष्ठको भनाइ छ । जसका कारण खोलाको पुल नै जोखिममा परिरहेको गुनासो स्थानीयले गरेको उनले बताए ।
केही दिनदेखि स्थानीय बासिन्दाले निरन्तर गुनासो गरिरहेपछि प्रहरीले कारबाही सुरु गरेको उनको भनाइ छ । श्रेष्ठले सबै साधन सुनसरी क्षेत्रबाट नियन्त्रणमा लिइएका कारण कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुहवीको जिम्मा लगाइएको बताए ।अवैध रुपमा उत्खनन् गरिएको माटो प्रति टिपर छ हजार रुपैयाँमा किनबेच हुने गरेको स्थानीयले बताए। -(1)_20191022083449.jpg)
प्रतिक्रिया दिनुहोस !