नेशनल मेडिकल कलेज प्रकरण : सुरक्षा माग्दै विद्यार्थी प्रशासनमा

नेशनल मेडिकल कलेज प्रकरण : सुरक्षा माग्दै विद्यार्थी प्रशासनमा

वीरगन्ज : वीरगन्जको नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालमा अध्ययनरत एमबीबीएसका विद्यार्थीले कलेज व्यवस्थापन पक्षबाटै असुरक्षित भएको भन्दै स्थानीय प्रशासनसँग सुरक्षा मागेका छन्।

 सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विषयमा विरोध गरेकै कारण कलेज व्यवस्थापनले कुटपिट गर्दै ज्यान मार्ने धम्की पनि दिएको भन्दै विद्यार्थीले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पुगेर सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा मागेका हुन्। 

शुक्रबार अपराह्न कलेज परिसरबाट नारा जुलुश गर्दै जिल्ला प्रशासनमा पुगेका विद्यार्थीले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र पनि बुझाएका हुन्। ज्ञापनपत्रमा उनीहरूले कलेज व्यवस्थापनले परिचालन गरेकाले कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको दाबी गरे। ती व्याक्तिलाई काबारही गर्न र आफूहरूको सुरक्षाको प्रबन्ध मिलाउन आग्रह गरेका छन्।

उनीहरूले अतिरिक्त शुल्कका नाममा कलेज व्यवस्थापनले असुलेको रकम फिर्ता गराउने सरकारको निर्णय कार्यन्वयनका लागि पहल गरिदिन पनि प्रजिअ भट्टराईसँग अनुरोध गरे।

सरकारले तोकेको भन्दा बढी अशुलेको शुल्क फिर्ताको मागेकै कारण बिहीबार दिउँसो कलेज परिसरमै कुटिएका विद्यार्थीहरूलाई कलेज व्यवस्थापनले राति फेरि त्रास देखाएर धम्क्याएपछि उनीहरूले शुक्रबार प्रजिअ भट्टराईलाई भेटेका हुन्।  

  राति करिब १० बजेतिर ३०÷४० को संख्यामा आएका व्याक्तिहरूले होस्टेलमै छिरेर ‘कलेज र एमडी (प्रबन्ध निर्देशक ) विरुद्ध आजसम्म कसैले पनि केही बोल्ने हिम्मत गरेको छैन, तिमीहरूले एमडीविरुद्ध बोल्ने?’ भन्दै धम्क्याको विद्यार्थीहरूले दाबी गरेका छन्। ‘केही साथीलाई हातपात पनि गरे’, एमबीबीएस पहिलो वर्ष वर्षमा अध्ययनरत छात्र सुशान्त राजले भने ,‘अबदेखि केही पनि यताउति गर्यौ भने होस्टेलकै छतबाट फालिदिन्छौँ भनेर डर त्रास पनि देखाए।’
 
विधार्थी त्रासमा छन् : प्रजिअ भट्टराई

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले मेडिकल कलेजका विद्यार्थीहरू त्रसित अवस्थामा रहेको बताए। 
‘रातिको घटना हेर्दा विद्यार्थीहरूको सुरक्षामा सवाल उठेको छ’, प्रजिअ भट्टराईले भने ,‘रातिको घटनामा संलग्नमध्येका ४ जनाको नामा विद्यार्थीहरूले दिएका छन्। उनीहरूका बारेमा कलेज प्रशासनसँग बुझ्ने काम भइरहेको छ।’ 

बिहीबार राति मेडिकल कलेजको होस्टलमा रहेका विद्यार्थीहरूले असुरक्षित भएको खबर गरेपछि तत्कालै आफुले प्रहरीको टोली पठाएको उनले बताए। 
‘होस्टेलमा प्रहरीको टोली पुगेपछि स्थिति सामान्य बन्यो’, प्रमुख जिल्ला अधिकारी भट्टराईले भने ,‘यस विषयमा मैले मेडिकल कलेजका प्रबन्ध निर्देशक अन्सारीलाई पनि फोन गरेरको छु।’ 

‘कसैले धम्क्याएको छैन’
नेशनल मेडिकल कलेजका प्रबन्धक निर्देशक बसरुद्धिन अन्सारीले भने कलेजमा अराजक गतिविधि बढेको देखेर ‘सिनियर’ विद्यार्थीहरूले असन्तुष्ट भएको भन्दै सम्झाएको मात्रै बताए। 

उनले राति होस्टलमा कसैलाई धम्की नदिएको बताए। उनले धर्नामा बसेका असन्तुष्ट विद्यार्थीहरूलाई सम्झाई–बुझाई गरेपछि उनीहरू होस्टेलमा फर्किएको बताए। 

उनले सरकारले तोके अनुसारकै शुल्क विद्यार्थीबट लिइएको पनि दाबी गरे। अतिरिक्त शुल्कका विषयमा देशभरका मेडिकल कलेजहरूमा देखिएको विवादका सम्बन्धमा त्रिविको कार्यकरिणी एकेडेमी काउन्सिलको निर्णय आई नसकेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.