२५ लाखमा बिक्री भए केराका बोट

२५ लाखमा बिक्री भए केराका बोट

वीरगन्ज : करिब २५ लाख रुपैयाँमा बराबरका केराका बोट खरिद बिक्री भएका छन्। तराई मधेसमा लक्ष्मीपूजा गर्दा हरेक घर वा पसलको मूल ढोकामा पातसहितको केराको बोट राखेर लक्ष्मीको स्वागत गर्ने चलन छ। 

घरघरमा केराको बोट प्रयोग अनिवार्य जस्तै भएकाले लक्ष्मी पूजाका दिन यसको खरिद बिक्री हुने गरेको हो।  वीरगन्जमा आइतवार मात्रै करिब २५ लाख रुपैया बराबरको केराको बोट किनबेच भएको व्यपारीले बताएका छन्।

बारा र रौतहटबाट वीरगन्जको बजारमा ५० भन्दा बढि टयाक्टरमा केराका बोट ल्याइएको करिब २५ हजार थान केराको बोट खरिद बिक्री भएको छ। रौतहटको बंकुल, टिकुलीया, बैरिया, बागमती , बाराको बरियापुर र सिम्रौनगढबाट किसान र व्यपारिले केराको बोट बिक्रीका लागि ट्याक्टरमा वीरगन्जमा ल्याएका छन्।

‘एउटा टयाक्टरमा ५०० जति बोट अट्छन्, आइतबार बिहान वीरगन्जको घण्टाघर छेउमा केराको बोट बेच्दै गरेका हरिओम साहले भने,‘केराको बोटा जोडाको २ सय रुपैयाँमा बिक्री गरिरहेका छौं। 

गाँउमा किसानको खेतबाट आफूहरुले प्रति बोट केराको गोटा २० देखि २५ रुपैयाँमा खरिद गरेका बागमतीका अर्का व्यपारी सिंहासन कुशवाहाले बताए। ‘टयाक्टर भाडा मात्रै ८ हजार  पर्छ, दुई दिन काट्न समय लाग्छ, भाडा र मजदुरी सबै कटाएर एक टयाक्टरमा २० देखि २५ हजार रुपैयाँसम्म नाफा हुन्छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.